०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिनमा प्रहरी अधिकारी

Logo
प्रकाशित मंगलबार, चैत्र २२, २०७८

ABC ( Sanchar) नेपाल प्रहरीका केही उच्च अधिकारीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन थालेको छ । स्रोत नखुलेको सम्पत्ति रहेको उजुरीका आधारमा छानबिन सुरु भएको स्रोत बताउँछ ।

डिआइजी बसन्त लामा, एसएसपी योगबहादुर पाल, एसपी मनोज यादब, डिएसपी सुधीरराज शाही लगायतमाथि छानबिन सुरु भएको स्रोतले बताएको छ । केही अधिकारीलाई अख्तियारले सम्पत्ति छानबिनका लागि १३ पन्ना भराइसकेको छ ।

डिआइजी लामा हाल प्रहरीको खरिद हेर्ने प्रबन्ध निर्देशनालयमा छन् । जहाँ चुनावी बजेटमा उनले हालिमुहाली गर्ने अवसर पाएका छन् । यसअघि काठमाडौं परिसर तथा बागमती प्रदेशमा काम गरेका थिए । सुन तस्करीसम्बन्धि टोलीमा रहँदा उनले पक्षपातपूर्ण अनुसन्धान गरेर आफ्नै सहकर्मीलाई फसाएको तर, तस्करहरुलाई उम्काएको आरोप लागेको थियो ।

 

त्यस्तै, एसएसपी पाल प्रहरीका विवादास्पद र पटक–पटक कारबाही भोगेका अधिकृत हुन् । राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका उनी सोलुखुम्बुमा हुँदा गम्भीर किसिमको घटनामा मुछिएर तानिएका व्यक्ति हुन् ।

एसपी यादव गत हप्तासम्म पश्चिम नवलपरासीमा कार्यरत थिए । त्यहाँ उनले तस्करीको लाइन खुलाएर पैसा कमाएको स्रोत बताउँछ । त्यस्तै, उनको शैक्षिक प्रमाणपत्रसमेत शंकास्पद रहेको अख्तियारका एक अधिकारीले बताए । विगतमा पनि उनीमाथि छानबिन भएकोमा छानबिन रोक्न सफल भएका थिए । प्रहरीका अन्य केही उच्च अधिकारीविरुद्ध समेत उजुरी परेपनि विस्तृत छानबिन गरिएको छैन । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!