२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिनमा प्रहरी अधिकारी

Logo
प्रकाशित मंगलबार, चैत्र २२, २०७८

ABC ( Sanchar) नेपाल प्रहरीका केही उच्च अधिकारीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन थालेको छ । स्रोत नखुलेको सम्पत्ति रहेको उजुरीका आधारमा छानबिन सुरु भएको स्रोत बताउँछ ।

डिआइजी बसन्त लामा, एसएसपी योगबहादुर पाल, एसपी मनोज यादब, डिएसपी सुधीरराज शाही लगायतमाथि छानबिन सुरु भएको स्रोतले बताएको छ । केही अधिकारीलाई अख्तियारले सम्पत्ति छानबिनका लागि १३ पन्ना भराइसकेको छ ।

डिआइजी लामा हाल प्रहरीको खरिद हेर्ने प्रबन्ध निर्देशनालयमा छन् । जहाँ चुनावी बजेटमा उनले हालिमुहाली गर्ने अवसर पाएका छन् । यसअघि काठमाडौं परिसर तथा बागमती प्रदेशमा काम गरेका थिए । सुन तस्करीसम्बन्धि टोलीमा रहँदा उनले पक्षपातपूर्ण अनुसन्धान गरेर आफ्नै सहकर्मीलाई फसाएको तर, तस्करहरुलाई उम्काएको आरोप लागेको थियो ।

 

त्यस्तै, एसएसपी पाल प्रहरीका विवादास्पद र पटक–पटक कारबाही भोगेका अधिकृत हुन् । राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका उनी सोलुखुम्बुमा हुँदा गम्भीर किसिमको घटनामा मुछिएर तानिएका व्यक्ति हुन् ।

एसपी यादव गत हप्तासम्म पश्चिम नवलपरासीमा कार्यरत थिए । त्यहाँ उनले तस्करीको लाइन खुलाएर पैसा कमाएको स्रोत बताउँछ । त्यस्तै, उनको शैक्षिक प्रमाणपत्रसमेत शंकास्पद रहेको अख्तियारका एक अधिकारीले बताए । विगतमा पनि उनीमाथि छानबिन भएकोमा छानबिन रोक्न सफल भएका थिए । प्रहरीका अन्य केही उच्च अधिकारीविरुद्ध समेत उजुरी परेपनि विस्तृत छानबिन गरिएको छैन । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

error: Content is protected !!