०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

युवक प्रहरी हिरासतमै घाँटी रेटेको अवस्थामा भेटिए

Logo
प्रकाशित मंगलबार, चैत्र २२, २०७८

ABC ( Sanchar)                                      बुटवलमा प्रहरी हिरासतमा रहेका एक जना युवक घाँटी रेटेको अवस्थामा भेटिएका छन् । तामाको तार चोरी गरेको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुपन्देहीका देवदह खैरनीका २८ वर्षीय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । आफन्तले घटना शंकास्पद भएको बताएका छन्।

बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरू चोरी भएको उजुरीका आधारमा प्रहरीले शनिबार नेपालीलाई कवाडखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घाँटी रेटिएको अवस्थामा भेटिएपछि प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी ठगबहादुर केसीले बताए । उनले हिरासतमै आत्महत्याको प्रयास गरेर घाँटीमा चोट लागेको बताए । उनको अवस्था गम्भीर रहेको छ । नेपालीकी दिदी मनकुमारीले घटना शंकास्पद भएको  बताइन् । उनले भनिन्, ‘यसबारे छानबिन गर्नुपर्छ ।’ उनले आफूलाई अस्पतालमा झुक्याएर हस्ताक्षर गर्न लगाएको बताइन् । यता घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए । नेपाली बुटवलको देविनगरमा भाडामा बस्दै आएका थिए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!