०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

भालुको पित्तसहित भक्तपुरबाट तीनजना पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र २२, २०७८

ABC ( Sanchar) काठमाडौं । कस्तुरीको विना र भालुको पित्तसहित भक्तपुरबाट तीनजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ मनोहरा नयाँबस्तीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरू मध्यपुरथिमी नगरपालिका–१ का ४७ वर्षीय छत्रबहादुर बेगा, जुम्ला सिंजा गाउँपालिका–६ काडागाँउ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १८ वर्षीय गोपाल बुढा क्षेत्री र पाँचथर याङवरक गाँउपालिका–२ तिनतिम्बो घर भई हाल काठमाडौं जोरपाटी नयाँबस्ती बस्ने ४६ वर्षीय लोकेन्द्र बेगा छन् ।

उनीहरूको साथबाट कस्तुरीको विना जस्तो देखिने बास्नादार वस्तु पाँच थान र भालुको पित्त जस्तो देखिने पाँच थान वस्तु बरामद गरिएको महाशाखाले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!