२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

शिक्षक महासंघको बिज्ञप्ती प्रति एमालेको ध्यानाकर्षण

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

(ABC=SANCHAR)
प्यूठान । जनकल्याण आधारभूत विद्यालय मल्लरानी ३ चौथिलगाउने मुण्डाँडाको विवादित प्रधानाध्यापकको बिषयमा शिक्षक महासंघ मल्लरानी गाउँपालिकाले निकालेको बिज्ञप्ती प्रति नेकपा (एमाले)ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
नेकपा (एमाले) मल्लरानी गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै उक्त बिषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। गाउँपालिकाका अध्यक्ष सुनिल शाही (लेकाली)द्धारा हस्ताक्षरित बिज्ञप्तीमा नेकपा (एमाले) मल्लरानी गाउँपालिका सचिव नोमराज पौडेललाई जोडेर नेपाल शिक्षक महासंघ मल्लरानी गाउँपालिका समितीले निकालेको बिज्ञप्ती प्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।
पार्टीका सचिव नोमराज पौडेलले आफ्नो स्थानिय बिद्यालयको बिषयमा प्रधानाध्यापकका कारण सिर्जना भएको समस्याको बिषयमा सामाजिक सञ्जालमा राख्नु ,मिडियामा आउनु स्वभाविक भएको बताएको छ।
विद्यालयको प्रधानाध्यापकले विधि र पद्धति नै मिचेर पार्टीको कार्यक्रता बनेर बिद्यालय चलाएको बिषय त्यहाँको घटनाक्रमबाट पुष्टि हुने भन्दै शिक्षक महासंघले शिक्षकलाई समस्या समाधानमा सुझाव दिनुको साटो ढाकछोप गरि बिज्ञप्ती निकालेर बिद्यालयको समस्यालाई जटिल बनाउने बातावरण सिर्जना गरेको आरोप लगाएको छ।
शिक्षा क्षेत्रमा रहेका ३ जना बिज्ञहरुले नतिजा प्रकाशन गरि कार्यालय सहयोगी पदमा सिफारिस भई सुचना पार्टीमा सुचना टाँस गरि दैनिक रुपमा विद्यालयमा गएका कार्यालय सहयोगीको बिषयमा शिक्षक महासंघ नबोल्नु निकै पुर्वाग्रहपुर्ण र गम्भिर बिषय भएको बिज्ञप्तीमा उल्लेख छ।
विद्यालय सहयोगी जस्तो सवेदनशिल पदमा महिनौं विबाद प्रधानाध्यापकले गरेर सफल उम्मेद्वारलाई हाजिर नगराई अमानविय ब्यवहार प्रकट गरेको बिज्ञप्ती मार्फत ठहर गरेको छ।
विद्यालयको सामाजिक परिक्षण तथा लेखा परिक्षण गर्न गराउन नसक्नु ,प्रधानाध्यापक भएको करिव १ बर्ष सम्म बंैंक खाता बदल्न नसक्नु , ३ जना छनौट समितिले नतिजा प्रकाशन गर्दा प्रधानाध्यापकले हस्ताक्षर नगर्नु, अध्यक्षको अपमान गर्नु, अध्यक्षको निर्देशन नमान्नु , अभिभावक भेला नबोलाउनु, बालबालिकालाई कार्यालय सहयोगीले गर्नुपर्ने काम लगाउनु र गैर जिम्मेवारीपुर्ण ब्यवहार प्रकट गरेर असक्षमता प्रकट गरेकोले राजिनामा समेत मागेको छ।
बिज्ञप्तीको पुर्ण पाठ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।