०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सेफ्टीट्यांकीमा भेटियो शव, सातजना पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

ABC ( Sanchar) जनकपुरधाम । सर्लाहीमा शौचालयको सेफ्टीट्यांकीमा एक बालकको शव भेटिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार बिहीबार बिहान मलंगवा नगरपालिका–१२, गम्हरियास्थित जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा आकाशको शव छिमेकी जगदीश ठाकुरको शौचालयको सेफ्टीट्यांकीमा भेटिएको हो । उनी चार दिनदेखि हराइरहेका थिए । गौतमका अनुसार आइतबार गाउँमा न्वारनको भोज खान गएका आकाश घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी जगदीशलाई पक्राउ गरेको छ ।

जगदीशले हत्या गरेको स्वीकार गरेपछि उनकै बयानका आधारमा प्रहरीले अरू ६ जनालाई समेत पक्राउ गरेको जनाइएको छ ।प्रहरीका अनुसार घटनामा संलग्न एकजना अझै फरार छन् । बालकको शव प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । धनगढीबाट सञ्चालित ‘नयाँ सन्देश’ अनलाइनकी प्रधाानसम्पादक रमा चन्दलाई दुव्र्यवहार गर्ने २८ वर्षीय मनीष श्रेष्ठलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पत्रकार चन्दमाथि धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दुव्र्यवहार भएको थियो । आफूमाथि भएको दुव्र्यवहारविरुद्ध चन्दले प्रहरीमा उजुरी दिएकी थिइन् । पक्राउ परेका श्रेष्ठ पाल्पा घर भई धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक […]

काठमाडौँ । उपत्यकाका प्रहरी प्रमुख एआइजी ईश्वर कार्कीले सम्पन्न भएको एनपीएल खेल र नेकपा एमालेको महाधिवेशन कार्यक्रमलाई सभ्य र मर्यादित बनाउन सुरक्षा योजना लिएर फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूलाई धन्यवाद दिएका छन्। एआईजी कार्कीले नेपाल प्रहरीले बनाएको सुरक्षा योजना अनुसार फिल्ममा खटेर आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले निर्वाह गरेको भन्दै एसएसपीदेखि जवानसम्मका कर्मचारीलाई धन्यवाद दिएका छन्।

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

error: Content is protected !!