२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

सेफ्टीट्यांकीमा भेटियो शव, सातजना पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

ABC ( Sanchar) जनकपुरधाम । सर्लाहीमा शौचालयको सेफ्टीट्यांकीमा एक बालकको शव भेटिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार बिहीबार बिहान मलंगवा नगरपालिका–१२, गम्हरियास्थित जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा आकाशको शव छिमेकी जगदीश ठाकुरको शौचालयको सेफ्टीट्यांकीमा भेटिएको हो । उनी चार दिनदेखि हराइरहेका थिए । गौतमका अनुसार आइतबार गाउँमा न्वारनको भोज खान गएका आकाश घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी जगदीशलाई पक्राउ गरेको छ ।

जगदीशले हत्या गरेको स्वीकार गरेपछि उनकै बयानका आधारमा प्रहरीले अरू ६ जनालाई समेत पक्राउ गरेको जनाइएको छ ।प्रहरीका अनुसार घटनामा संलग्न एकजना अझै फरार छन् । बालकको शव प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

error: Content is protected !!