ABC ( Sanchar) काठमाडौं । काठमाडौंको कालिमाटीबाट भगवान कामदेवको मूर्ति चोरी भएको छ । काठमाडौं महानगरपालिका १३ स्थित कालिमाटीबाट उक्त मूर्ति चोरी भएको हो ।
काठमाडौं महानगर १३ नम्बर वडाकाअनुसार बिहान मूर्ति चोरी भएपछि वडाले प्रहरीलाई जानकारी गराएको छ ।
मूर्ति करिब दुई सय वर्ष पुरानो भएको बताइएको छ । ढुंगाले बनेको मूर्ति भीमसेन थापाले स्थापना गरेको जनाइएको छ ।रासस