२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

भन्सार पत्रबिनै छुटेको ट्रक प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, चैत्र २५, २०७८

ABC ( Sanchar)
सशस्त्र प्रहरीले पर्साबाट मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।

भन्सार प्रज्ञापन पत्रबिनै मालसामान ढुवानी गरेको पाइएपछि प्रहरीले वीरगञ्व-१५ बाट ना३ख ६९९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय र १३ नम्बर गण मुख्यालय पर्साबाट खटिएको टोलीले शुक्रबार बिहान ५ बजे ट्रक नियन्त्रणमा लिएको थियो।

ट्रकमा २८ लाख ४२ हजार ४३२ रुपैयाँ मूल्य बराबरको इलेक्ट्रोनिक्स, मोटर पार्टस्, हार्डवेयर तथा किराना सामान थियो।ट्रक वीरगञ्जबाट पथलैया गइरहेको थियो। नियन्त्रणमा लिइएको ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीले जनाएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

जलेश्वर (महोत्तरी)। भारतको विहार राज्यमा आगामी मंगलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ। भारतको बिहार राज्यको विभिन्न विधानसभाको सिटमा यही कात्तिक २५ गते हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग […]

error: Content is protected !!