२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मोटरसाइकल दुर्घटनाः आमाको मृत्यु, दाजु बहिनी घाइते

Logo
प्रकाशित शनिबार, चैत्र २६, २०७८

ABC ( Sanchar)
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दाङमा १ जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन्।

छोराले चलाएको मोटरसाइकलमा पछाडि बसेकी आमाको मृत्यु भएको हो। चालक दाजु र पछाडि बसेकी बहिनी घाइते भएका छन्।

घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ आउँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका- ८ बनगाउँमा बेलुका पौने ९ बजे दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते घोराही उपमहानगरपालिका-१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार राती सवा ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृतकका १९ वर्षीय छोरा रोहन हमाल र १६ वर्षीया छोरी सविना हमाल घाइते भएका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार दाजु बहिनीको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।रोहनको कुम भाँचिएको छ भने सविनाको अनुहारमा चोट लाग्नुका साथै दाँतहरू भाँचिएको एसपी काफ्लेले बताए।

प्रहरीका अनुसार मोटरसाइकलको हेडलाइट बल्दैन थियो। त्यसैले बाटोमा थुपारेको बालुवामा परी मोटरसाइकल दुर्घटनामा परेको हो। चैते दसैं मानेर आफन्तको घरबाट नारायणपुर बजारतर्फ फर्किरहेका उनीहरू दुर्घटनामा परेका हुन्।

घाइतेको अवस्था अचेत नै रहेको हुँदा थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]