ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । यससँगै तीनवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार उनीहरुलाई आवश्यकताअनुसार काजमा खटाउने निर्णय भएको हो ।