२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

प्रहरीमा ३ जना डीआईजी बढुवा गर्न सकस,

Logo
प्रकाशित आइतबार, चैत्र २७, २०७८

ABC ( Sanchar)                                           नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को पद खाली छ । चैत १ मा ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएसँगै रिक्त भएको सिटमा बढुवा हुन सकेको छैन । चैत १ मा बढुवा समितीले धीरज प्रताप सिंह, बसन्त पन्त र रवीन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनीहरुको सिफारिससँगै खाली भएको डीआईजीको सिटमा बढुवा गर्न सकस भएको हो । मेरिट लिस्ट अनुसार पुरानालाई बढुवा गर्ने वा नयाँलाई अवसर दिने भन्नेमा मतभेद देखिएको छ । आईजीपी शैलेश थापा क्षेत्रीसँगै २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरी र प्रदीप कुमार श्रेष्ठ पनि डीआईजी हुने प्रतिस्पर्धामा छन् । चौधरी मेरिट लिस्टको ३ नम्बरमा छन् । मेरिट लिस्टको पहिलो नम्बरमा नल प्रसाद उपाध्याय र दोस्रो नम्बरमा मोहन कुमार आचार्य छन् । उपाध्याय र आचार्य २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । प्रदिप कुमार श्रेष्ठ मेरिट लिस्टको पाँचौ नम्बरमा छन् । मेरिट लिस्टको चौथो नम्बरमा छन्, मसउद आलम खाँ ।गृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मेरिट लिस्ट अनुसार बढुवा गर्न खोजेका छन् । तर, प्रधानमन्त्रीको सचिवालयले पुराना दुईजना र नयाँ ब्याचबाट एकजनालाई बढुवा गर्न दबाव दिएपछि बढुवा अन्योलपुर्ण बनेको जानकारहरु बताउँछन् । आईजीपी क्षेत्रीका ब्याचमेट उनीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।नयाँ ब्याचबाट २०५१ चैत ५ मा सेवा प्रवेश गर्नेहरु र २०५२ भदौमा भर्ना भएका अधिकृतहरु पनि बढुवाको प्रतिस्पर्धामा छन् । २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भएकाहरु मध्ये डीआईजी बढुवामा अगाडी आउने अधिकृत मध्येबाट भावी आईजीपी बन्नेछन् ।२०७५ फागुन ६ मा १३ जना अधिकृतहरु एसएसपी भएका थिए । उनीहरुमध्ये दीपक थापा, टेक प्रसाद राई, उमेशराज जोशी, रामदत्त जोशी, मिरा चौधरी, किरण बज्राचार्य र बसन्त बहादुर कुँवर प्रतिस्पर्धामा अगाडि छन् ।उनीहरुभन्दा १५ महिनापछि २०७७ वैशाख १७ मा एसएसपीमा बढुवा भएका अधिकृतहरूले पनि डीआईजी बन्ने आकांक्षा राखेका छन् । ०७७ वैशाखमा वीरेन्द्र बस्याल, जनक भट्टराई, भरत बोहरा, विष्णु कुमार केसी, अशोक सिंह, सुदिप गिरी, दुर्गा सिंह, किरण राणा र यज्ञविनोद पोखरेल एसएसपीमा बढुवा भएका थिए । मेरिट लिस्टमा तल रहेका उनीहरु पनि बढुवा हुने प्रतिस्पर्धामा छन् । अहिले मेरिट लिस्टको एक नम्बरमा रहेका नल प्रसाद उपाध्याय २०७५ जेठमा एसएसपीमा बढुवा भएका थिए ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!