२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

बाँकेमा ट्राफिक इन्स्पेक्टर शाह आएपछी ट्राफिक ब्यबस्थापन अस्तब्यस्त दिनहुुँ दुर्घटना

Logo
प्रकाशित मंगलबार, चैत्र २९, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगन्जमा पछिल्लो समय सवारी दुर्घटनाको अवस्था कहाली लाग्दो छ । सुर्खेतरोडको वीपीचोक खण्डमा मध्यरातमा सडकछेउमा हिडिरहेका नावालकसहित तीनजनाको कारको ठक्करबाट मृत्युभयो ।

त्योभन्दा अगाडि राँझामा टिप्परले मान्छे किच्यो । चेकिङमा खटिएका प्रहरी हवल्दारको पनि मोटरसाइकलले ठक्कर दिँदा मृत्युभयो । नेपालगन्जमा हिंजोआज दैनिकरुपमा सवारी दुर्घटना भइरहेका छन् ।

दुर्घटनामा मानिसहरुको अकालममा मृत्युमात्र भइरहेको छैन् शरिर अगभंग भएर अपांगता हुनेको संख्या पनि धेरै  छ । सवारी दुर्घटना किन यसरी बढिरहेका छन् त ? यसमा सबैभन्दा बढी दोष नेपाल प्रहरी र ट्राफिक प्रहरीनै हुन् । लाइसेन्स नबोकेकालाई समेत सय रुपैयाँ लिएर छाड्ने ट्राफिक प्रहरीले टिप्पर र ट्याक्टरबाट त झन मासिक महिनावारीनै असुल्ने गरेको छ ।

त्यसका एथेष्ट प्रमाणहरु सुरक्षित नै छन् । त्यसरी लाइन दिएर सडकमा गाडी गुडाउँदा उनीहरुमा आत्मबल बढ्छ । उनीहरु मनपरी गाडी गुडाउने गर्छन । जस्का कारण सर्वसाधरणले आफ्नो ज्यान गुमाउन बाध्य हुन्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

error: Content is protected !!