२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

नेपाल प्रहरीमा डिआइजीका लागि अझै दौडधुप

Logo
प्रकाशित मंगलबार, चैत्र २९, २०७८

ABC ( Sanchar) काठमाडौं । चुनावको मुखमा प्रदेश प्रहरी कार्यालयहरू नेतृत्वविहिन बन्न पुगेका छन् । अवकाशको मुखमा रहेका डिआइजीहरूलाई प्रदेशमा खटाउँदा यस्तो अवस्था आएको हो, जसले गर्दा चुनावी सुरक्षा नै प्रभावित हुने जोखिम देखिएको छ ।

आगामी १८ वैशाखमा अवकाश हुन लागेका पाँच डिआइजी हाल प्रदेश प्रहरी इन्चार्ज छन् । मधेस प्रदेशका डिआइजी उमेश रञ्जितकार, बागमतीका प्रकाशजंग कार्की, लुम्बिनीका प्रकाश अधिकारी, कर्णालीका गणेश ऐर तथा सुदुरपश्चिमका पुरुषोत्तम कँडेलले १८ वैशाखदेखि अवकाश पाउँदैछन् । अवकाशको मुखमा उनीहरू लामो बिदामा बसेका छन् । एआइजी प्रद्युम्न कार्कीसहित आइजीपी शैलेश थापा क्षेत्रीका ब्याचका डिआईजीहरू बिदामा बसेका हुन् । उनीहरूमध्ये प्रकाशजंग कार्की त एआइजी बढुवाविरुद्ध मुद्दा लडिरहेका छन् । एआइजी बढुवालाई चुनौती दिएका घनश्याम अर्याल र ईश्वरबाबु कार्की पनि बिदामै छन् ।प्रदेशमा पठाउने डिआइजी नै नहुँदा पनि यतिबेला प्रदेश प्रहरी कार्यालयहरू निमित्तको भरमा चलेका छन् । सरकारले डिआइजी बढुवाका दाबेदार एसएसपीलाई निमित्त प्रदेश इन्चार्ज दिएर पठाउनेबारे छलफल गरेपनि त्यसमा सहमति हुन सकेको छैन । अर्काेतर्फ डिआइजी बढुवा पनि अन्योलमा परेको छ ।

 

डिआइजीका तीन पद रिक्त रहेपनि कसलाई बढुवा गर्ने भन्ने सहमति हुन नसक्दा बढुवा हुन सकेन । रिक्त पदमा सिनियर टोलीबाट नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी, मसाउँद आलम खाँ र प्रदीपकुमार श्रेष्ठमध्ये तीन जनालाई बढुवा गर्ने प्रक्रिया अघि बढेको थियो । तर, जुनियर टोलीका एसएसपीहरूले आफ्नो दौडधुप तिव्र बनाएपछि बढुवा हुन नसकेको स्रोत बताउँछ ।

नयाँ टोलीबाट सन्दीप भण्डारी, उमेशराज जोशी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापा, किरण बज्राचार्य, बसन्त कुँवर, विष्णु केसीलगायत बढुवाका प्रमुख दाबेदार छन् । उनीहरूमध्येलाई नै निमित्त प्रदेश प्रखुमको जिम्मेवारीमा प्रदेश पठाउनेबारे छलफल भएको छ । त्यसरी पठाउँदा पनि क–कसलाई पठाउने भन्ने टुंगो लाग्न सकेको छैन । कामु डिआइजीको रुपमा उनीहरूलाई प्रदेश पठाउनेबारे समेत छलफल भइरहेको स्रोत बताउँछ ।उता, एआइजी कार्कीले फौजी संस्कृतिअनुसार अवकाशको मुखमा बिदा लिएपनि अन्य एआइजीले भने लोभ देखाएका छन् । आइजीपी क्षेत्रीसँगै अवकाश पाउन लागेका एआइजीद्वय हरिबहादुर पाल र निरज शाही भने बिदामा बसेनन् । प्रहरी महानिरीक्षकसहितका अधिकारी अवकाशको एक महिनाअघि बिदा बसेर नयाँ टोलीलाई अघि बढाउने संस्कृति भएपनि संगठनमा यस्तो प्रचलन घट्दै गएको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!