०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

अटोमेटिक पेस्तोलसहित जनकपुरबाट दुई युवा पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र २९, २०७८

ABC ( Sanchar) अटोमेटिक पेस्तोलसहित जनकपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

रामानन्द चोकबाट अस्पताल रोडतर्फ जाँदै गर्दा प्रादेशिक अस्पताल अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंह रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए।उनका अनुसार ज ७ प ७९३२ नम्बरको मोटरसाइकलमा सवार भई हतियारसहित दुबैजना हिडेको गोप्य सूचनाका आधारमा उनीहरुलाई खानतलासी गरिएको थियो।दुवैलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा १० दिनको मुद्दा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!