०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

चितवनको भरतपुरमा कांग्रेसका २५ वडा सभापतिको निर्णय- मेयर नपाए सबै वडामा स्वतन्त्र उम्मेदवार

Logo
प्रकाशित मंगलबार, चैत्र २९, २०७८

ABC ( Sanchar)                                     चितवनको भरतपुर महानगरपालिकामा रहेका कांग्रेसका सबै वडा सभापतिहरूले आगामी चुनावमा मेयरको टिकट कांग्रेसले पाउनु पर्ने निर्णय गरेका छन्।

मंगलबार जिल्ला पार्टी कार्यालयमा भरतपुरका २९ मध्ये २५* वडाका कांग्रेस सभापतिको बैठक बसेको थियो। उक्त बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावमा भरतपुरको मेयर कांग्रेसले पाउनु पर्ने र नपाए विद्रोह गर्ने निर्णय गरेको हो।बैठकमा सहभागी वडा नम्बर १४* का सभापतिले राजेन्द्र शाँखी भरतपुरको मेयरको टिकट अरू दललाई दिने निर्णय केन्द्रले गरेर पठाए आफूहरूले नमान्ने बताए।कांग्रेसको चितवन जिल्ला कार्यसमितिले पनि भरतपुरको मेयर कांग्रेसले लिएर सत्तारूढ गठबन्धनका दलसँग तालमेल गर्ने निर्णय गरेको छ। केन्द्रले जबरजस्ती अरू दलकालाई मेयरको टिकट दिने निर्णय गरे हामी मान्दैनौं,’ शाँखीले भने,‘त्यसको विरोधमा हरेक वडामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिन्छौं।’

वडा सभापतिहरूले गरेको निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाइसकेको उनले जानकारी दिए। चार वडाका सभापति प्राविधिक कारणले बैठकमा नआए पनि निर्णयमा उनीहरूको पनि समर्थन रहेको शाँखीले बताए।

२०७४ को चुनावमा भरतपुरमा कांग्रेसले माओवादीसँग तालमेल गरेर मेयरमा उम्मेदवारी दिएको थिएन।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र पनि पर्ने भरतपुरको मेयरमा उनकी छोरी रेनु दाहाल निर्वाचित भएकी थिइन्।

माओवादीले अहिले पनि भरतपुरको मेयर आफैंले राख्न चाहेको छ। चितवन कांग्रेसका नेताहरूले भने भरतपुरको मेयर आफूले पाउनु पर्ने भन्दै लबिङ गरिरहेका छन्। seto pati

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!