०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

Logo
प्रकाशित मंगलबार, चैत्र २९, २०७८

ABC ( Sanchar) आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ को सिफारिस र मन्त्रिपरिषद्को चैत २४ को सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृत दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न सेना परिचालन गरिने राष्ट्रपति कार्यालयले जनाएको छ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!