निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ।
आयोगले सोमबार गरेको निर्णयअनुसार चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावललाई हटाएको हो।उनको सट्टामा चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो। न्यायाधीश प्रकाशकुमार अधिकारी वरीयतामा चौथो नम्बरमा छन्। यसअघि पनि निर्वाचन आयोगले निर्वाचन अधिकृतहरूको हेरफेर गरिसकेको छ।
चैत २३ गतेको बैठकले ७१ जना निर्वाचन अधिकृत हेरफेर गरेको थियो। विविध कारण भएको भन्दै आयोगले हेरफेर गरेको थियो।
यस्तै आइतबार मात्रै पनि एक सूचना जारी गर्दै १० जना निर्वाचन अधिकृतलाई हटाएर १० जना अरू अधिकृत तोकेको थियो। एक जनाको भने संशोधन गरिएको थियो।रास्स