२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

यौन दुर्व्यहार गरेकाे आरोपमा प्रिन्सिपल पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ३०, २०७८

छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । घट्ना लगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले प्रिन्सिपल आचार्यलाई नियन्त्रणमा लिएको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । शिक्षालयमा अध्ययनरत छात्रालाई पटक-पटक विभिन्न बहानामा यौनजन्य दुर्व्यहार गर्दै आएकोमा मंगलबार दुई छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्वविका अध्यक्ष मोहन संग्रामले बताए ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]