काठमाडौं । आज बिहान भएको जीप दुर्घटनामा २ जना प्रहरीको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा भएको दुर्घटनामा घाइते भएका सात जना मध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सोलुखुम्बुबाट मोरङको विराटनगरका लागि छुटेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी सुकदेव खनालले आफूहरु उद्धार कार्यमा व्यस्त रहेको बताए । गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडांै पठाउने तयारी भइरहेको छ ।