ABC (क्राईमबिट)
धनगढी । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयले जिप्रका कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई पुरुस्कृत गरेको छ ।
बुधबार एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले पुरस्कृत गर्नु भएको हो ।
प्रहरी संगठनको निति निर्देशन अनुरुप उच्च अनुशासनमा रहि ईमान्दारी, अनुशासित र कर्तव्यनिष्ठले उत्कृष्ट कार्य गरेको हुनले पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरी नियमावली २०७१ (संशोधन सहित) परिच्छेद १५ को नियम १९७ को देहाय (ख) ले दिएको अधिकार प्रयोग गरी अभिलेखमा जनिने गरी नगद रू. १४००।– सहित पुरस्कृत गरिएको हो ।