०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

च्याउ खाँदा १३ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, बैशाख ०१, २०७९

भारतको आसाम राज्यमा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको छ भने ३५ जना बिरामी परेका छन् ।

आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार गएको सोमवार ४ जनाको र अस्ति मंगलवार ९ जनाको मृत्यु भएको हो । च्याउ खाएर बिरामी परेका ३५ जनाको उपचार भइरहेको जनाइएको छ ।

उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुले सामान्य च्याउ सम्झेर खाएको बताएका छन् । उनीहरुलाई च्याउ खाएपछि पेट दुख्ने, वान्ता हुनेजस्ता समस्या देखिएको खबरमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!