०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

गोली लागे एक युवकको मृत्यु

Logo
प्रकाशित बिहिबार, बैशाख ०१, २०७९

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा गोली लागेर एक युवकको मृत्यु भएको छ । गोली लागेर जितपुर सिमरा उपमहानगरपालिका– १६ का २८ वर्षीय सागर सिञ्जालीको मृत्यु भएको हो ।

गोली गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले बताए । राती गाउँका अन्य युवाहरूसँगै गाउँ नजिकैको धर्मनगरस्थित बालगंगा नदीमा पुगेका सिञ्जाली शिकारीले चलाएको गोली लागेर गम्भीर घाइते भएका थिए । स्थानीयको सहयोगमा उनलाई उपचारका लागि वीरगञ्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

प्रहरीका अनुसार मृतकको शव अस्पतालमै राखिएको र घटनाबारे थप विवरण आउन बाँकी छ । वन क्षेत्र नजिकै रहेका बस्तीका मानिसहरू घरेलु हातहतियार तथा भरुवा बन्दुकबाट वन्यजन्तुको चोरी शिकारी गर्दै आएका स्थानीयले बताएका छन् ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!