०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

५ स्थानीय तहका जनप्रतिनिधिले फिर्ता गरे सरकारी गाडी

Logo
प्रकाशित बिहिबार, बैशाख ०१, २०७९

रौतहटका ५ स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारी साधन फिर्ता गरेका छन् । निर्वाचन आचारसंहिता लागू भएसँगै ५ पालिकाका प्रमुख, उपप्रमुख सहित वडा अध्यक्षले सवारी साधन फिर्ता गरेका हुन् ।गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले प्रयोग गर्दै आएको ना १ झ १६७५ र उपमेयर सुभद्रा गुप्ताले प्रयोग गर्दै आएको ना १ झ १६१५ नम्बरको स्कोर्पियो गाडी फिर्ता गरिएको हो । सो नगरपालिकाका वडा अध्यक्षहरुले पनि सरकारी सवारी साधन फिर्ता गरेको जनाइएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये यसअघि गौर, चन्द्रपुर, बोधीमाई र राजपुर नगरपालिकाका जनप्रतिनिधिले सरकारी सवारी साधन नगरपालिकालाई फिर्ता गरिसकेका छन् रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!