०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

अवकाशअघि नै नेपाल प्रहरीका एआइजी र डिआइजी बिदामा

Logo
प्रकाशित शुक्रबार, बैशाख ०२, २०७९

काठमाडौं । अवकाशको मुखमा नेपाल प्रहरीका केही उच्च अधिकारी बिदामा बसेका छन् । केही भने फौजी परम्पराविपरीत अन्तिम दिनसम्म पनि बिदामा नबस्ने मनस्थितीमा छन् ।एआइजी प्रद्युम्न कार्की बिदामा बसेका छन् । तर, उनका ब्याचका अन्य एआइजीहरु हरिबहादुर पाल, निरज शाही र बसन्त कुमार पन्त भने बिदामा बसेका छैनन् ।

त्यस्तै, डिआइजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु बार्की, गणेश ऐर, पुरुषोत्तम कँडेल लगायत पनि बिदामा बसेका छन् । हालै एआइजी बनेका बसन्त पन्त प्रदेश समन्वयको जिम्मेवारीमा भएपनि उनको खासै काम छैन । एक महिनाका लागि एआइजी भएकाले उनले पनि बिदामा बस्न चाहनेनन् ।संगठन प्रमुख समेत बिदामा बस्ने प्रचलन भएपनि शैलेश थापा क्षेत्री बिदामा बस्न पाएका छैनन् । सरकारले नयाँ आइजिपी नियुक्तिको विषयमा समयमा निर्णय लिन नसक्दा यस्तो अन्योलता आएको हो ।

१९ बैशाखमा महानिरीक्षक क्षेत्री र उनका ब्याचका एआइजी, डिआइजी र एसएसपीले अवकाश पाउँदैछन् । त्यसपछि एआइजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धिरजकुमार सिंह र रबिन्द्र बहादुर धानुकमध्ये एक आइजिपी हुनेछन् ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!