०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

६४ वर्षीय वृद्धमाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक पक्राउ

Logo
प्रकाशित शनिबार, बैशाख ०३, २०७९

ABC ( Sanchar)                                              ६४ वर्षीय वृद्धमाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सुन्दरहरैंचा नगरपालिका ६ का ३५ वर्षीय मणिकुमार तामाङ रहेका छन् । मणिकुमारले चैत ३० गते स्थानीय ६४ वर्षीय देवीबहादुर तामाङलाई दाउरा प्रहार गरी घाइते बनाएका थिए । देवीबहादुर र स्थानीय मानबहादुर तामाङबीच जग्गाका विषयमा झगडा भइरहेका बेला मणिकुमारले उनीमाथि दाउरा प्रहार गरेका थिए । मानबहादुर मणिकुमारका बाबु हुन् ।

देवीबहादुरको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा वैशाख २ गते मृत्यु भएको थियो । पक्राउ परेका मणिकुमारमाथि थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]