०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

दाङ ट्राफिक प्रमुख थमन जिसी ट्राफिक सचेतना अभियान पुरा गरेर बिदा भए

Logo
प्रकाशित सोमबार, बैशाख ०५, २०७९


(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा १९ महिना कार्यकालमा दाङ जिल्लाभरमा ट्राफिक सचेतना दुर्घटना न्यूनीकरण लगातको अभियानमा उल्लेखनीय योगदान पुर्याएकोमा जिल्ला प्रहरी कार्यालय दाङ स्थानिय सरकारका नगरपालिका तथा उद्योग बाणिज्य संघ ,नागरिक समाज ,पत्रकार विभिन्न संघ संस्थाहरुद्वारा,प्रसंशा पत्र,सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै ट्राफिक प्रमुख थमन जिसीको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

आफ्नो ट्राफिक प्रहरी कर्मचारिहरुलाइ भित्री हृदयदेखि नै कर्तव्यपालनामा उत्प्रेरित,प्रहरी संगठन तथा प्रहरी कर्मचारिप्रती सकारात्मक सोच तथा चिन्तन, आन्तरिक संस्थागत सुधार ,पेशाप्रती इमान्दारीता,लगनशिलता ,सेवाग्राही लाई सम्मानसहितको प्रहरी सेवा, कानुन कार्यान्वयनमा कतिबद्द हुँदै सरोकारवाला निकायहरुसङ्ग कानुनबमोजिम प्रभावकारी समन्यव ,बिभागिय नीति निर्देशनको पुर्ण पालना तथा प्रभावकारी कार्यान्वयन, प्रहरी कर्मचारिहरुका समस्याहरुको दिलचस्पी दिएर समाधान, प्रहरिका सेवा सुबिधाहरुको समान बितरण लगायतका नीतिगत र व्यवहारिक ज्ञानहरु हार्मो लागि सधैंव मार्गदर्शनको रुपमा रहने छन ।
१९ महिना कार्यकाल सुखद तथा सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा हार्दिक बधाईका साथै आगामी दिनहरुमा ब्यक्तिगत तथा व्यावसायिक जीवन आगामी जिल्ला प्रहरी कार्यालय रोल्पा लिबाङमा सरुवा हुनुभएकोमा सफलताको शुभकामना थमन सरलाई।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् । बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै उनले भने, ‘सके निर्वाचनको तयारी गर, नत्र बाटो लाग।’ उनले भदौ २४ गते आफूहरूलाई धोका भएको भन्दै टोलटोलमा सुरक्षा दस्ता तयार पार्न पार्टीका नेता […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् । रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान फ्लाइट मार्फत भैरहवा जानेछन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न […]

error: Content is protected !!