२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

छ जनालाई गोहीले खायो

Logo
प्रकाशित सोमबार, बैशाख ०५, २०७९

काठमाडौं । तान्जानियामा यो वर्ष सुरु भएपछिको पहिलो तीन महिनामा एक नदी छेउमा कम्तीमा छ जनालाई गोहीले खाएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार ती नागरिक यहाँको किबाहा जिल्लाको एक नदी किनारमा कामका सिलसिलमा पुगेका बेला नदी किनारमा उनीहरुलाई गोहीले आक्रमण गरेको हो ।

सो जिल्लाका प्रहरी अधिकारीले दिएको जानकारीअनुसार यसै वर्षको जनवरीदेखि मार्चसम्ममा ती नागरिकलाई गोहीले आक्रमण गरेको थियो । यहाँको किमारासिले गाउँका प्रमुख सालुम बुंगोले त्यस गाउँका नागरिकलाई यसअघि पनि गोहीले आक्रमण गरी घाइते बनाउने गरेको थियो ।

बुंगोले आफ्ना बुबा पनि गोहीको आक्रमणमा परेको बताए । उनले गोहीले आक्रमणमा परी मृत्यु भएका छजना मध्ये आफ्ना पिता पनि एक भएको बताए । उनले यहाँका नागरिकले गोहीबाट हुने यस प्रकारको हमलाबाट सुृरक्षाका लागि सरकारसँग आग्रह गरिरहेका पनि जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!