२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

लागुऔषधसहित युवक पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख ०५, २०७९

काठमाडौंको जडिबुटीस्थित नरेफाँटबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध क्याप्सुलसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उप–महानगरपालिका–१६ घर भएर नरेफाँट बस्दै आएका २६ वर्षीय कविर लामा भन्ने उदय थिङ छन् ।उदय थिङले सञ्चालन गरेको ‘डा. हेल्थ केयर कम्पनी’ बाट ५२ हजार ५ सय क्याप्सुल लागुऔषध बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । हेल्थ केयर कम्प्नीको आवरणमा लुकाएर बेच्दै आएको ४२ हजार ५ सय थान ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल र १० हजार थान ट्रामाडेक्स हाइड्रोक्लोराइड क्याप्सुल महाशाखाबाट खटिएको प्रहरीले बरामद गरेको छ ।आईतबार पक्राउ गरेर उनलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागी औषधी व्यवस्था विभागमा पठाएको एसपी कोइरालाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!