२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा तीन जनापक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख ०५, २०७९

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार र सोमबार तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

बिटक्वाइन, युएसडिटी सोलाना, इथेरियमलगायत विभिन्न करेन्सीको अवैध कारोबार गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापा बिर्तामोड घर भई काठमाडौं महानगर-१६ सोह्रखुट्टेका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भई क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र बाफल बस्ने २७ वर्षीय राहुल चचान छन्।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार गरिसकेका छन्।

हाल उनीहरूमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी २०७३ बमोजिम थप कारबाही र अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको कार्यालयले जनाएको छ। अनुप मिश्रले सन् २०२१ देखि बाइनान्स अकाउन्ट प्रयोग गरी विभिन्न २० वटा क्रिप्टोकरेन्सी जम्मा गरेको अनुसन्धानबाट खुलेको कोइरालाले बताए।

उनले मात्रै ३५ करोड ४६ लाख ८३ हजार ६ सय ११ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। हाल भने उनको बाइनान्सको अकाउन्टमा १२ हजार ८३२ अमेरिकी डलर बराबरको बिटक्वाइन देखिएको छ।

दिपेश थापाले पनि सन् २०२१ मेदेखि बाइनान्सका दुइटा अकाउन्टमार्फत् ७ वटा क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको छ।

उनले मात्रै २४ करोड ७९ लाख ५६ हजार ९१८ रुपैयाँ बराबरको कारोबार गरिसकेका छन्।

उनको अकाउन्टमा हाल १ हजार ३९९.८० डलर बराबरको बिटक्वाइन देखिएको कोइरालाले बताए।

यस्तै, राहुल चचानले करिब एक वर्षदेखि २० वटा क्रिप्टोकरेन्सीहरू जम्मा गरी छ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँ बराबरको कारोबार गरेका छन्। उनको अकाउन्टमा हाल ६५१ अमेरिकी डलर बराबरको बिटक्वाइन देखिएको छ। उनीहरूले दैनिक पाँच हजारदेखि ५० हजारसम्म युएसडिटीको कारोबार गर्ने गरेको देखिन्छ,’ कोइरालाले भने,‘उनीहरूले आफ्नो पहिचान गोप्य राखेर अन्य सयौं जना व्यक्तिहरूलाई प्रलोभनमा पारेर बैंक खाता प्रयोग गर्ने र बाइनान्स अकाउन्ट खोल्न लगाएर निश्चित रकमको कमिसनको समेत प्रलोभन देखाउने रहेछन्।’रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!