२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले हस्नापुरबाट अबैध नदि-जन्य उत्खनन गर्ने ५ वटा टिपर २ वटा जेसिवी पक्राउ

Logo
प्रकाशित मंगलबार, बैशाख ०६, २०७९

ABC (क्राईमबिट)
दाङ । लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर स्थित राप्ती घाटमा अवैध रुपमा नदीजन्य वस्तु उत्खननमा संलग्न भएका पाँचवटा टिपर र दुईवटा जेसिवी आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

अबैधरुपमा धमाधम गरिएको उत्खनन् नियन्त्रण गर्न लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी लगायत टाेली स्थलगत अनुगमनमा निस्किएको बेला हस्नापुर घाटमा जेसिवीले उत्खनन् गरिरहेको र स्थानीय क्रसर उद्योगमा डम्पिङ् गरिएको अवस्थामा फेला पारेको हो ।

त्यस्तै सो ठाउँबाट उत्खनन् गर्न पालिकाले अनुमति नदिएकाे नगरप्रमुख केसीले बताउनु भयाे । उत्खननमा प्रयाेग भएका साधनका सम्बन्धित व्यक्तिहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउन अनुसन्धान अघि बढाईएकाे उहाँको भनाई छ । लमही नगरपालिकाले यस आर्थिक वर्षमा विभिन्न ९ स्थानमा नदीजन्य बस्तु उत्खननकाे ठेक्का लगाएकाे छ । यता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले अबैध चोरी निकासी गर्ने टिप्पर र जेसिबीलाई कानुन अनुसारको कार्वाही जरिवाना गरेर छोडन मिल्ने वताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]