२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

दाङका सुरक्षा प्रमुखहरु मतदान केन्द्रको स्थलगत निरीक्षणमा

Logo
प्रकाशित मंगलबार, बैशाख ०६, २०७९

ABC (क्राईमबिट)
दाङ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देउखुरी क्षेत्रमा रहेका मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको छ । दाङका प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाको नेतृत्वमा जिल्ला सुरक्षा समिति दाङका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायतको टोलीले सोमबार राजपुर गाउँपालिकामा रहेका विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरिएको हो ।

टोलीले यसअघि गढवा गाउँपालिकामा रहेका मतदान स्थलहरुको निरीक्षण तथा अवलोकन गरि सकेको छ । सोमबार राजपुर गाउँपालिका वडा नम्बर १ मा रहेको ज्याती आधारभूत विद्यालयमा गुरुङ्खोला, बाल जनता मा. वि कटबेरु, जनज्याती मा.वि बेला, शंकर आधारभूत विद्यालय खरदरिया, आधारभूत विद्यालय दुलैया, दिब्यज्योती प्रा.वि जंग्रहवा, रात्री प्रा.वि गंगदी र आधारभुत विद्यालय सिक्टा मतदान केन्द्रको स्थलगत अवलोकन गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख अञ्जु केसीले जानकारी दिईन।

जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा स्थिति लगायतका विषयमा जानकारी पनि लिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । रेग्मीका अनुसार निर्वाचनलाई भयरहित, विश्वसनीय बनाउन र जनतालाई आफ्नो मताधिकारबाट बञ्चित नगराउन मतदान केन्द्रको सुरक्षा अवस्था सम्बन्धी जानकारी लिएको जानकारी दिए ।

टोलीमा दाङका प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाको नेतृत्वमा जिल्ला सुरक्षा समिति, दाङका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्ले, राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, नेपाली सेना दाङका प्रमुख सेनानी रविन्द्र महर्जन, सशस्त्र प्रहरी बल नं. २९ हेक्वा ज्वालामाइ गण भालुवाङका प्रमुख बिनोद केसी लगायतको उपस्थिती रहेको थियो ।

दाङमा अहिले एकसय ५३ वटा मतदान केन्द्र रहेका छन् । अनुगमन गरिएका आधारमा हालसम्म ती सबै केन्द्रको अवस्था सन्तोषजनक रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

error: Content is protected !!