२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

दाङका सुरक्षा प्रमुखहरु मतदान केन्द्रको स्थलगत निरीक्षणमा

Logo
प्रकाशित मंगलबार, बैशाख ०६, २०७९

ABC (क्राईमबिट)
दाङ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देउखुरी क्षेत्रमा रहेका मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको छ । दाङका प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाको नेतृत्वमा जिल्ला सुरक्षा समिति दाङका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायतको टोलीले सोमबार राजपुर गाउँपालिकामा रहेका विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरिएको हो ।

टोलीले यसअघि गढवा गाउँपालिकामा रहेका मतदान स्थलहरुको निरीक्षण तथा अवलोकन गरि सकेको छ । सोमबार राजपुर गाउँपालिका वडा नम्बर १ मा रहेको ज्याती आधारभूत विद्यालयमा गुरुङ्खोला, बाल जनता मा. वि कटबेरु, जनज्याती मा.वि बेला, शंकर आधारभूत विद्यालय खरदरिया, आधारभूत विद्यालय दुलैया, दिब्यज्योती प्रा.वि जंग्रहवा, रात्री प्रा.वि गंगदी र आधारभुत विद्यालय सिक्टा मतदान केन्द्रको स्थलगत अवलोकन गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख अञ्जु केसीले जानकारी दिईन।

जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा स्थिति लगायतका विषयमा जानकारी पनि लिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । रेग्मीका अनुसार निर्वाचनलाई भयरहित, विश्वसनीय बनाउन र जनतालाई आफ्नो मताधिकारबाट बञ्चित नगराउन मतदान केन्द्रको सुरक्षा अवस्था सम्बन्धी जानकारी लिएको जानकारी दिए ।

टोलीमा दाङका प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाको नेतृत्वमा जिल्ला सुरक्षा समिति, दाङका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्ले, राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, नेपाली सेना दाङका प्रमुख सेनानी रविन्द्र महर्जन, सशस्त्र प्रहरी बल नं. २९ हेक्वा ज्वालामाइ गण भालुवाङका प्रमुख बिनोद केसी लगायतको उपस्थिती रहेको थियो ।

दाङमा अहिले एकसय ५३ वटा मतदान केन्द्र रहेका छन् । अनुगमन गरिएका आधारमा हालसम्म ती सबै केन्द्रको अवस्था सन्तोषजनक रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!