२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बि.पि उधानको रिट निबेदनको बारेमा धिरज कुमार गुप्ताले नेपाली काँग्रेस पर्सालाई गराए जानकारी

Logo
प्रकाशित मंगलबार, बैशाख ०६, २०७९


(ABC=SANCHAR)
वीरगंज स्थित घण्टाघरको उतर पट्टि बि.पि उधान प्रयोजनको लागि खरिद भएको मिसिल समेत नेपाल सरकार को निर्णय,पारित राजिनामा तथा जग्गा धनि प्रमाण पुर्जा दिएको जग्गामा वीरगंज महानगरपालिकाले सर्त तथा कार्यबिपरित निर्माण कार्य चालु गरको बिरुद्धमा नेपाली कांग्रेस पर्साका युवा नेता वीरगंज महानगरपालिका वडा नं २० मा बस्ने धिरज कुमार गुप्ताले २०७८ साल असाढ २८ गते उच्च अदालत जनकपुर अस्थाई इजलास वीरगंजमा निबेदन दर्ता गरी मिती २०७८ साल असाढ २९ गते सम्मानित अदालतबाट अल्पकालीन अन्तरिम आदेश भएको, साथै २०७८ साल श्रावण २९ गते सम्मानित अदालतबाट अन्तरिम आदेश भएको जारी भएको उत्क अन्तरिम आदेशको मध्यनजर गर्दै उत्क मुद्दामा चल्नु पर्ने अगाडिको कदम बारे पार्टी को सल्लाह सुझाव तथा समन्वय को आसा सहित नेपाली कांग्रेस पर्साका युवा नेता धिरज कुमार गुप्ताले नेपाली कांग्रेस पर्साका जिल्ला उपसभापति अशोककुमार गुप्ता लाइ निबेदन दिएका हुन्। निबेदन बुझदै उपसभापति गुप्ताले भने आउदो जिल्ला कार्यसमितिको बैठकमा पेश गरिने छ र त्यस मुद्दाको बारेमा छलफल पनि गरिने बताएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

error: Content is protected !!