०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

पोखराको मेयर नपाएपछि कांग्रेस कार्यालयमा ताला

Logo
प्रकाशित बुधबार, बैशाख ०७, २०७९

पोखरा महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाइदिएका छन्।

नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला कार्यालयमा ताला लगाएको पोखराका सचिव गणेशबहादुर थापाले बताए। कार्यकर्ताको भावनाविपरीत पोखराको मेयर अरू पार्टीलाई दिएकाले ताला लगाएका हौं,’ थापाले भने, ‘हामी कांग्रेसबाहेक अरू दललाई भोट दिन सक्दैनौं।’सत्ता गठबन्धनको मंगलबार बसेको शीर्ष बैठकले पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो। गत सोमबार कास्की कांग्रेसले विज्ञप्ति निकालेर जिल्ला स्तरको गठबन्धनबाट बाहिरिन र स्वच्छ प्रतिस्पर्धामा उत्रिन समाजवादीलाई आग्रह गरेको थियो। विज्ञप्तिमा समाजवादी पार्टीलाई मेयर मात्र होइन, कुनै पनि वडामा वडा सदस्य समेत दिन नसकिने कांग्रेसले जनाएको थियो। जिल्ला कार्यालयमा तालाबन्दीपश्चात बुधबार दिउँसो पोखराका वडा सभापतिहरूको भेला डाकिएको सचिव थापाले बताए।

‘महानगर कार्यसमिति र वडा सभापतिको भेलाले थप कार्यक्रम तय हुन्छ,’ उनले भने, ‘गठबन्धनबाट पोखराको मेयर नपाए कांग्रेस एक्लै चुनावमा जान्छ।’रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् । बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै उनले भने, ‘सके निर्वाचनको तयारी गर, नत्र बाटो लाग।’ उनले भदौ २४ गते आफूहरूलाई धोका भएको भन्दै टोलटोलमा सुरक्षा दस्ता तयार पार्न पार्टीका नेता […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् । रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान फ्लाइट मार्फत भैरहवा जानेछन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न […]

error: Content is protected !!