०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

विभागको एक एआईजीका लागि सात डीआईजी प्रतिस्पर्धामा,

Logo
प्रकाशित बुधबार, बैशाख ०७, २०७९

राष्ट्रिय अनुसन्धान विभाग ‘गुप्तचर’ निकायमा पनि अतिरिक्त मूख्य अनुसन्धान निर्देशक (एआईजी) बढुवाको रस्साकसी सुरु भएको छ । गुप्तचर विभागमा अतिरिक्त मूख्य अनुसन्धान निर्देशकको दरबन्दी एक मात्रै छ ।

हालका अतिरिक्त मूख्य अनुसन्धान निर्देशक यादव रेग्मीले २ दिनपछि ९ वैशाखमा अवकाश पाउने भएपछि रिक्त पदको बढुवाका लागि ७ जना अनुसन्धान निर्देशक डीआईजीहरू सुमन वैद्य, ओम जोशी, हुतराज थापा, टेकेन्द्र कार्की, हरिहर पौडेल, कुलदिप थापा, सुनिल ढकाल प्रतिस्पर्धामा छन् ।

उनीहरूमध्ये सबैभन्दा बलिया वैद्य र जोशी देखिएका छन् । वैद्य व्यवसायिक डीआईजी हुन् । उनीसँग विभिन्न विदेशका तालिम गरेको अनुभव र नेपालको अधिकांश जिल्लामा रहेर काम गरेको अनुभव छ । माओबादी सशस्त्र युद्धको आधार इलाकामा काम गरेको अनुभव उनीसँग छ ।

उनीपछि जोशी बलिया प्रतिस्पस्पर्धी छन् । जोशी सत्ता निकट राजनीतिक दलका नेतासँग पनि निटक सम्बन्धमा छन् ।

उसो त अहिले अतिरिक्त मूख्य अनुसन्धान निर्देशक एआईजी हुने एक जना नै भदौपछि गुप्तचर प्रमुखमा बढुवा हुने भएपछि एआईजी बढुवाको चलखेल तीव्र छ । हालका गुप्तचर प्रमुख यदुलाल खरेलले भदौको अन्तिम साता अवकाश पाउनेछन् ।

त्यो अवस्थामा अहिलेको ७ डीआईजीमध्ये एक प्रमुख हुनेछन् । गुप्तचरमा एआईजीको एक दरबन्दी थपको चर्चासमेत छ । गृह मन्त्रालयअन्तरर्गतको रहेको गुप्तचर विभाग एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा प्रधानमन्त्री कार्यालय अन्तर्रगत राखिएको छ ।

ओली नेतृत्त्वमा पालामा गुप्तचर विभागको कर्मचारीको दुरुपयोग गरेको आरोप लागेको थियो । तर, हालका प्रधानमन्त्री शेरबहादुर देउवाले भने प्रधानमन्त्री भएको १० महिना पुग्दा पनि गुप्तचर विभागका कर्मचारीलाई एक चोटी पनि विफ्रिङ गर्न सकेका छैन् । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् । बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै उनले भने, ‘सके निर्वाचनको तयारी गर, नत्र बाटो लाग।’ उनले भदौ २४ गते आफूहरूलाई धोका भएको भन्दै टोलटोलमा सुरक्षा दस्ता तयार पार्न पार्टीका नेता […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् । रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान फ्लाइट मार्फत भैरहवा जानेछन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न […]

error: Content is protected !!