२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

विभागको एक एआईजीका लागि सात डीआईजी प्रतिस्पर्धामा,

Logo
प्रकाशित बुधबार, बैशाख ०७, २०७९

राष्ट्रिय अनुसन्धान विभाग ‘गुप्तचर’ निकायमा पनि अतिरिक्त मूख्य अनुसन्धान निर्देशक (एआईजी) बढुवाको रस्साकसी सुरु भएको छ । गुप्तचर विभागमा अतिरिक्त मूख्य अनुसन्धान निर्देशकको दरबन्दी एक मात्रै छ ।

हालका अतिरिक्त मूख्य अनुसन्धान निर्देशक यादव रेग्मीले २ दिनपछि ९ वैशाखमा अवकाश पाउने भएपछि रिक्त पदको बढुवाका लागि ७ जना अनुसन्धान निर्देशक डीआईजीहरू सुमन वैद्य, ओम जोशी, हुतराज थापा, टेकेन्द्र कार्की, हरिहर पौडेल, कुलदिप थापा, सुनिल ढकाल प्रतिस्पर्धामा छन् ।

उनीहरूमध्ये सबैभन्दा बलिया वैद्य र जोशी देखिएका छन् । वैद्य व्यवसायिक डीआईजी हुन् । उनीसँग विभिन्न विदेशका तालिम गरेको अनुभव र नेपालको अधिकांश जिल्लामा रहेर काम गरेको अनुभव छ । माओबादी सशस्त्र युद्धको आधार इलाकामा काम गरेको अनुभव उनीसँग छ ।

उनीपछि जोशी बलिया प्रतिस्पस्पर्धी छन् । जोशी सत्ता निकट राजनीतिक दलका नेतासँग पनि निटक सम्बन्धमा छन् ।

उसो त अहिले अतिरिक्त मूख्य अनुसन्धान निर्देशक एआईजी हुने एक जना नै भदौपछि गुप्तचर प्रमुखमा बढुवा हुने भएपछि एआईजी बढुवाको चलखेल तीव्र छ । हालका गुप्तचर प्रमुख यदुलाल खरेलले भदौको अन्तिम साता अवकाश पाउनेछन् ।

त्यो अवस्थामा अहिलेको ७ डीआईजीमध्ये एक प्रमुख हुनेछन् । गुप्तचरमा एआईजीको एक दरबन्दी थपको चर्चासमेत छ । गृह मन्त्रालयअन्तरर्गतको रहेको गुप्तचर विभाग एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा प्रधानमन्त्री कार्यालय अन्तर्रगत राखिएको छ ।

ओली नेतृत्त्वमा पालामा गुप्तचर विभागको कर्मचारीको दुरुपयोग गरेको आरोप लागेको थियो । तर, हालका प्रधानमन्त्री शेरबहादुर देउवाले भने प्रधानमन्त्री भएको १० महिना पुग्दा पनि गुप्तचर विभागका कर्मचारीलाई एक चोटी पनि विफ्रिङ गर्न सकेका छैन् । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!