२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

Logo
प्रकाशित बिहिबार, बैशाख ०८, २०७९

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।
काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले अब निर्वाचन अयोगले तयार गरेको कार्यतालिका निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढ्ने बताए ।

त्यस्तै उहाले निर्वाचन आचारसंहिता पालना भए नभएको पनि जाँचबुझ गर्ने जानकारी दिए । प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा ९/१० जना कर्मचारीको जनशक्ति रहने व्यवस्था आयोगले गरेको छ । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!