काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।
काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले अब निर्वाचन अयोगले तयार गरेको कार्यतालिका निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढ्ने बताए ।
त्यस्तै उहाले निर्वाचन आचारसंहिता पालना भए नभएको पनि जाँचबुझ गर्ने जानकारी दिए । प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा ९/१० जना कर्मचारीको जनशक्ति रहने व्यवस्था आयोगले गरेको छ । रास्स