२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

डब्लूएचओका महानिर्देशक काठमाडौंमा

Logo
प्रकाशित बिहिबार, बैशाख ०८, २०७९

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं आइपुगेका छन् । उनी तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका हुन् ।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् । महानिर्देशक गेब्रेयससलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । वैशाख ८ देखि १० गतेसम्म उनले नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रका अनुसार डब्लुएचओका महानिर्देशक गेब्रेयससको नेपाल भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा.पुनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!