०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

निर्वाचनको समयमा भारतसंग सीमा जोडिएका नाका ७२ घण्टासम्म बन्द गरिने

Logo
प्रकाशित आइतबार, बैशाख ११, २०७९

ABC (क्राईमबिट)
धनगढी । नेपाल भारत सीमा समन्वय समितिको शनिबार कैलालीमा सम्पन्न बैठकले निर्वाचनका बेला भारतसंग सीमा जोडिएका जिल्लाका सीमा नाकामा ४८ घण्टा अघिदेखि ७२ घण्टासम्म बन्द गर्ने निर्णय भएको हो । शनिवार दुई देशका सुरक्षा अधिकारीहरूको उपस्थितिमा कैलालीको गोदावरीमा बैठक सम्पन्न भएको हो ।

गृह मन्त्रालयबाट निर्देशन भए अनुरूप चुनाव लक्षित कार्यक्रम अन्तरगत नेपाल–भारतका सीमा जोडिएका जिल्लाहरूका सीमा सुरक्षा अधिकारीहरू बिच भेट वार्ता भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

थापाले अत्यावश्यक बाहेकका सेवाहरू शव बहान, एम्बुलेन्स बिरामी, प्रट्रोलीयम पदार्थ बोकेका गाडीहरू बाहेकका अन्य आवतजावतका सेवाहरू समेत निर्वाचन हुने दिन भन्दा ४८ घण्टा अगावै सिमाना बन्द गरिने निर्णय र दुई देशको जोईन्ट सर्कलले गर्ने अन्य सुरक्षा रणनितिहरुबारे समेत छलफल भएको बताए ।

यसै गरी, भारतीय प्रशासनको प्रतिनिधित्व गर्दै लखिमपुर खिरीका सहायक जिल्ला अधिकारी सञ्जय कुमार सिंहले नेपालमा हुन गइरहेको स्थानीय तहको चुनाव भयरहित, निष्पक्ष र धाँधलीमुक्त तरिकाले सम्पन्न गर्न पूर्ण सहयोग गर्ने बताए ।

बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, सशस्त्र प्रहरी प्रमुख धन ब। सिंह लगायतका प्रहरी अधिकारीहरू तथा कञ्चनपुर र भारतको लखिमपुर खिरीको प्रशासन तथा सुरक्षा प्रमुख एवम् अधिकारीहरूको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!