०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

बिरगंजको मेयरमा सरावगी र सिंहबीच दोस्रो पटक मैदानमा कसले मार्ला बाजि?

Logo
प्रकाशित आइतबार, बैशाख ११, २०७९

(ABC=SANCHAR)
पर्सा । वीरगन्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी(जसपा)का राजेशमान सिंह र नेकपा एमालेबाट विजय सरावगीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका सरावगी र सिंहबीच दोस्रो पटक भिडन्त हुन लागेको हो।

तत्कालिन संघीय समाजवादी फोरम(हाल जसपा)बाट मेयरमा निर्वाचित सरावगीले एमाले प्रवेश गरेर दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवारी दिएका हुन्। जसपाबाट पुनःमेयरमा टिकट पाउने सम्भावना नदेखेपछि उनी पार्टी परित्याग गरेर एमालेबाट मेयरको उम्मेदवार भएका हुन्।

यस्तै सिंह तत्कालिन राष्ट्रिय जनता पार्टी(राजपा)बाट तेस्रो भई पराजित भएका थिए। उनी चुनावको मुखमा जसपा प्रवेश गरेका हुन् भने जसपाले नवप्रवेशी सिंहलाई सत्ता गठबन्धनबाट उम्मेदवार बनाएको हो। वीरगञ्जको उपमेयर पदका उम्मेदवार भने गठबन्धन र एमाले दुबैले टुंगो लगाइसकेका छैनन्।

यसअघि निर्वाचनमा सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १९ हजार १९७ मत ल्याएका थिए। उपमेयरमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत ल्याएर विजयी भएकी थिइन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १८ हजार ५३० मत ल्याएकी थिइन्।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार राजेशमान सिंहले मेयरमा १२ हजार १६५ मत ल्याएर तेस्रो भएका थिए भने उपमेयरका उम्मेदवार रम्भा मिश्रले १० हजार ६६३ मत ल्याएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!