२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

विचौलियाहरु बिना बायोमेट्रिक लिखित तथा परीक्षा ट्रायल सुरु

Logo
प्रकाशित बुधबार, बैशाख १४, २०७९


(ABC=SANCHAR)
काठमाडौं । बायोमेट्रिक दर्ता लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन वि.सं २०८१ सम्म ‘प्याक’ भइसक्यो , अनलाइन फाराम भर्न ‘सिस्टम पनि क्लोज’ छ भन्ने ‘टेन्सन’ मा हुनुहुन्छ ? दिक्क नमान्नुहोस् । यही वैशाख २५ सम्म पर्खनुहोला ।

बागमती प्रदेश, मुख्यमन्त्रीको कार्यालय, प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयले नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ‘ट्रायल’ दिने चुस्त प्रणालीको व्यवस्था गर्ने गरी आवेदन प्रणाली खुला गर्ने गरी तयारी गर्दैछ । यसबाट सेवाग्राहीले विचौलिया बिना सेवा पाउने तथा यस क्षेत्रमा चमत्कारिक फड्को मारिने विश्वास गरिएको छ ।

सवारी चालक अनुमतिपत्र कार्यालय ठूलो भर्‍याङका निमित्त प्रमुख सञ्जय थापाले भने “नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ‘ट्रायल’ दिने चुस्त प्रणालीको व्यवस्था कसरी मिलाउन सकिन्छ भन्ने गृहकार्यमा छौँ । अब खुला हुने अनलाइनमा यस्तो प्रणाली विकास हुन्छ । लाइसेन्स वितरण, नवीकरण यसका लागि बायोमेट्रिक दर्ता, लिखित परीक्षा, ट्रायलको प्रवन्ध तथा राजस्व सङ्कलनलगायतका सेवा प्रदान गर्दै आइरहेको छ । सो कार्यालयले विसं २०७८ फागुन महिनासम्म लाइसेन्सका लागि अनलाइन फाराम भरेका विसं २०८१ असारसम्म ‘अफिस भिजिट डेट’निर्धारण गरेका सबै सेवाग्राहीका काम यही वैशाख २५ गतेभित्र सम्पन्न गर्दैछ । “हामी तीन वर्षका लागि निर्धारण गरेका काम यही वैशाख २५ भित्र सक्ने लक्ष्यका साथ सेवाग्राहीको सेवामा अहोरात्र जुटिरहेका छौँ । यसका लागि बिहान ७ः ३० देखि पाँच बजेसम्म सेवा प्रदान गरिरहेका छौं । विचौलिया बिनाको सेवा नै हाम्रो ध्येय हो” उनले भने । अहिले देशभर करिब साढे सात लाख सेवाग्राही नयाँ लाइसेन्स अनुमतिका पर्खाइमा रहेका बताइएको छ ।
करिब तीन वर्ष सोही कार्यालयको शाखा अधिकृतका रुपमा कार्यरत उनले विसं २०७७ पुस ५ देखि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । उनले भने, “मैले तीन वर्षे कार्ययोजना बनाइ मेरो तालुकदार निकाय प्रदेश मुख्यमन्त्री कार्यालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभागमा प्रस्तुत गरेको गरेँ । ती निकायका उच्च नेतृत्वको निरन्तर उत्प्रेरणा र सहजीकरणले गर्दा कार्ययोजना कार्यान्वयन भइराखेको छ । यसले नतिजा दिन थालेको छ” उनले भने । आइतबार मात्र बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग निमित्त प्रमुख थापाले भेट गरेका थिए ।

“मुख्यमन्त्री तथा श्रम, रोजगार तथा यातायात मन्त्री यातायात क्षेत्र कसरी सुधार गर्ने भन्नेमा धेरै चिन्तित हुनुहुन्छ, सेवा प्रवाह चुस्त र सहज बनाउन निर्देश, समन्वय तथा आवश्यक बजेटका लागि सहजीकरण गरिदिइरहनुभएको छ । कार्ययोजना कार्यान्वयनमा सहयोग गरिराख्नुभएको छ” उनले भने । मुख्यमन्त्री पाण्डेले आफ्नो पदको कार्यभार सम्हालेकै दिन यातायात क्षेत्रको तत्काल सुधारका लागि यातायात कार्यालयद्वारा प्रदान गरिने सेवालाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देश गरेका थिए । यसक्रममा उनले आफूले दिएका निर्देश के कति कार्यान्वयनमा आए भन्ने दैनिक जानकारी लिने व्यवस्था पनि मिलाएका छन् ।

श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात क्षेत्रको सुधारका लागि उच्च प्राथमिकता दिएका छन् । यसक्रममा उनले यातायात कार्यालयका सेवालाई छिटो, छरितो र चुस्त बनाउन विभिन्न नीतिगत सुधारको थालनी गर्नुभएको मन्त्रालयले जनाएको छ । विचौलिया विनाको सेवा प्रवाह
कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउ सेवा प्रवाह तालिका कार्यान्वयनमा ल्याएको छ । कार्यालयको आँगनमा नै सबै सेवाग्राहीले देख्ने गरी कुन कोठामा के काम हुन्छ, त्यो काम कुन कर्मचारीको जिम्मेवारीभित्र पर्छ भन्ने जानकारीको सूचना पाटी छ । निमित्त प्रमुख थापाले भने, “सेवा प्रवाह तालिका कार्यान्वयनमा आएपछि सेवाग्राहीले विचौलियका हात समात्न परेको छैन । सेवाग्राहीले कोठामा रहेका कर्मचारीबाट सहज सेवा पाइरहेका छन् । यसका लागि मैले कर्मचारी साथीलाई सेवाग्राही मैत्री बन्न विशेष आग्रह तथा निर्देश गरेको छु । सेवाग्राहीका हरेक गुनासो म आफैले सम्बोधन गर्दै आइरहेको छु । मलाई भेट्न सेवाग्राहीलाई कुनै समस्या छैन । सेवाग्राही मलाई भेट्न होइन, म उहाँहरुलाई भेट्दै काम गरिदिन्छु । कार्यालय विचौलिया मुक्त बनाएको छु ।”

सो कार्यालयले अहिले औसतमा दैनिक ६०० सेवाग्राहीलाई आवश्यक सेवा प्रवाह गरिराखेको छ । कार्यालयले चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’बाट ट्रायल परीक्षा सञ्चालन गरिराखेको छ । ३२ रोपनी जमिनमा फैलिएको नेपालको सबैभन्दा ठूलो, अत्याधुनिक तथा सुविधा सम्पन्न सो भेहिकल एकेडेमीको क्षमता दुई हजारभन्दा बढी रहेको जनाइएको छ ।

कार्यालयले यातायातका सबै साधनको प्रयोगात्मक परीक्षाका लागि सो भेहिकल एकेडेमीलाई ‘ट्रायल सेन्टर’का रूपमा स्वीकृत दिएको छ । कार्यालय प्रमुख थापाले भने, “भेहिकल एकेडेमीमा सबै प्रकारका यातायातका लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । कार्यालयले एकेडेमीबाट नै लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको छ ।” एकेडेमीको क्षमता दैनिक दुई हजारभन्दा बढीको ‘ट्रायल’ परीक्षा सञ्चालन गर्नसक्ने तर ‘ट्रायलको कोटा’ निर्धारण गरिएका कारण क्षमता उपयोग गर्न नपाइरहेको जनाइएको छ ।
कार्यालयले लाइसेन्सको लिखित परीक्षा हुने हललाई अत्यन्त व्यवस्थित बनाएको छ । उनले भने, “लाइसेन्स नवीकरणका लागि सेवाग्राहीले घरमा बसेर नै टोकन लिने व्यवस्था छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!