२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

दाङ जिल्ला नयाँ ट्राफिक प्रमुख झबिन्द्रको दुर्घटना न्यूनीकरण पहिलो प्राथमिकता

Logo
प्रकाशित बुधबार, बैशाख १४, २०७९


(सागर थापा)
दाङ । भर्खरै सरुवा भएर आउनु भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र
परियारले ट्राफिक प्रहरीको मुख्य काम दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता हुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट सुरुवा भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा आउनु भएका ट्राफिक प्रमुख
परियारले सडक दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता दिने बताएका छन ।
ट्राफिक न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रमहरु निरंतरता ट्राफिक नियमको कडाई गर्ने बताएका हुन । ‘सडक दुर्घटना न्यूनीकरणका लागि सवैभन्दा पहिले सचेतना मुलक कार्यक्रम गर्नेछौ, त्यसका लागि हामीलाई सवैको सहयोग आवश्यक रहन्छ’ ट्राफिक प्रमुख परियारले ‘सचेतनामुलक कार्यक्रम गर्दा पनि अटेर गर्ने हरुलाई कारवाही गछौं । ट्राफिक प्रहरीले मात्रै चाहेर दुर्घटना न्यूनीकरण गर्न नसक्ने बताए । ओभरलोड बोक्ने टिप्परका कारण सडकको अवस्था कमजोरसँगै दुर्घटनाको जोखिम बढाउने भन्दै यसलाई रोक्ने बताए । त्यसैगरी बजार क्षेत्रमा ट्राफिक संकेत राख्नका लागि समेत सम्वन्धीत निकायसँग छलफल भैरहेको बताए । दाङका जिल्लाका मुख्य बजारका सडकहरुमा ट्राफिक संकेत राख्ने विषयमा नगरपालिकासँग छलफल भएको उहाँले बताए । सडकमा पछि राख्ने र निर्माण भैसकेको सडकमा ट्राफिक संकेत राखौ भन्ने कुरा राखेका छौ ।’ सहरी क्षेत्रका सडकमा ट्राफिक संकेत राख्न सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने दाङ ट्राफिक प्रमुख परियारले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!