२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

बाँके २ मा समाजवादि पार्टी जसपाबाट वाहिस हुसेन हल्वाई बलियो उम्मेदवार

Logo
प्रकाशित बुधबार, बैशाख १४, २०७९

२०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ । राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु हुँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बाट जनता समाजवादि पार्टी जसपाबाट वाहिस हुसेन हल्वाई अध्यक्ष पदमा सिफारिस भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा सबैभन्दा बलियो उम्मेदवार नै रहेको स्थानीयहरु बताउँछन् । वडा नम्बर २ बाट यसअघिको स्थानीय निर्वाचनमा अध्यक्ष पदका प्रबल दाबेदार उम्मेदवार हुँदा पनि जनता समाजवादि पार्टी जसपाबाट उम्मेदवारलाई स्थान दिँदै पछि हटेका थिए । तर, अहिले उनी जत्तिको बलियो उम्मेदवार अरु नभएको स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् ।

वडामा राम्रो छवि बनाएका वाहिस हुसेन हल्वाई जनता समाजवादि पार्टी जसपामात्रै नभई अन्य पार्टीका मतदाताहरुमा पनि राम्रो पकड भएको नेता मानिन्छन् । अप्ठ्यारो पर्दा सहयोगी हात अघि बढाउन जहाँ पनि पुगिहाल्ने नेताका रूपमा उनी चिनिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!