२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

बाँकेका खानेपानी उद्योग मापदण्ड बिपरित खानेपानीको मुल्य मनपरी ?

Logo
प्रकाशित बिहिबार, बैशाख १५, २०७९

(ABC=SANCHAR)
बाँके । अधिकांश खानेपानी उद्योग मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको छ । ती उद्योगले खानेपानीको मनपरी मूल्य लिएको जनाउँदै मूल्य नियन्त्रणका सम्बन्धीत पक्षको ध्यानाकर्षण गराइएको छ ।

मङ्गलबार यहाँ आयोजित कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका नेपालगन्जका प्रमुख कृष्णप्रसाद पौडेलले तोकिएको मूल्य भन्दा बढाएर खानेपानीको बिक्री वितरण गरेको पाइए कारबाही गरिने बताउनुभयो ।

पानी सङ्घ बाँकेका अध्यक्ष विनय श्रेष्ठले सम्पूर्ण पानी उद्योग तथा व्यवसायीलाई सरकारले एकरूपताका साथ व्यवहार गर्नुपर्ने उल्लेख गर्दै सङ्घमा आवद्ध उद्योगी र व्यवसायीले प्रशोधित खानेपानीको स्वच्छता र गुणस्तरमा लापरबाही हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय, नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठले प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ अनिवार्य रूपमा सबै पानी उद्योगले पालना गर्नुपर्ने र खाद्य ऐन २०२३, खाद्य नियमावली २०२७ अनुसार पानीको बोटल र जारमा ‘लेबलिङग’ नगरेको पाइएमा, त्यस्ता उद्योग कारबाहीमापर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पानी उद्योगीले नाफा मात्रै नहेरेर गुणस्तर र स्वच्छतामा ध्यान दिनुपर्नेमा जोड दिँदै ८० प्रतिशत रोग प्रदूषित पानीका कारण लाग्ने भएकाले उपभोक्तालाई स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराउनु अधिकार हो भन्नुभयो ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले पानीको मूल्यमा एक रुपता नभएको र खुद्रा बिक्रेताले निश्चित मूल्य भन्दा बढी मूल्यमा पानी बिक्री वितरण गरेको पाइएकोले यसको रोकथाम आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृतद्वय अमित भूषण र सुमन श्रेष्ठले प्रस्तुत गरेको पानीको गुणस्तर र स्वच्छता र प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ सम्बन्धी दुई छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!