२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

बाँकेका खानेपानी उद्योग मापदण्ड बिपरित खानेपानीको मुल्य मनपरी ?

Logo
प्रकाशित बिहिबार, बैशाख १५, २०७९

(ABC=SANCHAR)
बाँके । अधिकांश खानेपानी उद्योग मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको छ । ती उद्योगले खानेपानीको मनपरी मूल्य लिएको जनाउँदै मूल्य नियन्त्रणका सम्बन्धीत पक्षको ध्यानाकर्षण गराइएको छ ।

मङ्गलबार यहाँ आयोजित कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका नेपालगन्जका प्रमुख कृष्णप्रसाद पौडेलले तोकिएको मूल्य भन्दा बढाएर खानेपानीको बिक्री वितरण गरेको पाइए कारबाही गरिने बताउनुभयो ।

पानी सङ्घ बाँकेका अध्यक्ष विनय श्रेष्ठले सम्पूर्ण पानी उद्योग तथा व्यवसायीलाई सरकारले एकरूपताका साथ व्यवहार गर्नुपर्ने उल्लेख गर्दै सङ्घमा आवद्ध उद्योगी र व्यवसायीले प्रशोधित खानेपानीको स्वच्छता र गुणस्तरमा लापरबाही हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय, नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठले प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ अनिवार्य रूपमा सबै पानी उद्योगले पालना गर्नुपर्ने र खाद्य ऐन २०२३, खाद्य नियमावली २०२७ अनुसार पानीको बोटल र जारमा ‘लेबलिङग’ नगरेको पाइएमा, त्यस्ता उद्योग कारबाहीमापर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पानी उद्योगीले नाफा मात्रै नहेरेर गुणस्तर र स्वच्छतामा ध्यान दिनुपर्नेमा जोड दिँदै ८० प्रतिशत रोग प्रदूषित पानीका कारण लाग्ने भएकाले उपभोक्तालाई स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराउनु अधिकार हो भन्नुभयो ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले पानीको मूल्यमा एक रुपता नभएको र खुद्रा बिक्रेताले निश्चित मूल्य भन्दा बढी मूल्यमा पानी बिक्री वितरण गरेको पाइएकोले यसको रोकथाम आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृतद्वय अमित भूषण र सुमन श्रेष्ठले प्रस्तुत गरेको पानीको गुणस्तर र स्वच्छता र प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ सम्बन्धी दुई छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!