२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

बिरगंज जस्ताको त्यस्तै ५ बर्ष सम्म परिवर्तनको प्रतिक्षामा नगरबासी अबको मेयर र भोट कस्तोलाई ?

Logo
प्रकाशित बिहिबार, बैशाख १५, २०७९


(ABC=SANCHAR)
पर्सा । स्थानीय सरकारको आगमनपश्चान वीरगञ्ज शहर कायापलट भएको आशा गरेका थिए । तर लामो समयपछि पुनः वीरगञ्ज फर्किदा उनीहरुको आशा निराशामा परिणत भएको छ । मधेश आन्दोलनको रापमा मधेशवादी दलले नै विजयी हाँसिल गरेको वीरगञ्ज महानगरपालिकामा मधेशको विकास र मधेशी समुदायको जिवनस्तरमा सुधार हुनेमा आशाबादी जनता अर्को निर्वाचन नजिकिएसँगै निराश बनेका हुन् ।

जनता निराश हुनु पनि स्वभाविक नै हो, संघीयतापश्चात घरघरमा सिँहदरबारको नारा लगाएसँगै थुप्रै झुठा आश्वासन बाँडेका जनप्रतिनीधिले जितेपछि जनतामा कर लाद्ने र आफ्ना आसेपासेलाई नियुक्ती दिन बाहेकका कुनै काम नगरेपछि सन्तुष्ट हुने कुनै कारण पनि छैन ।

वीरगञ्ज महानगरपालिकाभित्रको कुरा गर्ने हो भने वीरगञ्जमा एसियाली विकास बैंकको अनुदानमा बनेका केही सडकबाहेकका परिवर्तन देखिदैनन् । टोलटोलमा बनेका पीच सडक पनि शहरी विकास कार्यालयले बनाई दिएको हो । सडक बन्दा आउने समस्या समाधानका लागि समेत महानगरपालिकाले कुनै सहयोग नगरेको त्यहाँका कर्मचारी बताउँछन् । विगतदेखि नै खेल्दै आएको नारायणी रंगशाला, आदर्शनगर रंगशाला पनि व्यवस्थित र अत्याधुनिकसहितको भयो होला भन्ने कल्पना पनि कल्पनामै सिमित रह्यो । व्यवस्थित हुनुपर्नेमा दुवै रङ्गशालाको अवस्था उल्टै जीर्ण बन्दै गइरहेको छ ।

घडिअर्वा पोखरीको सौन्दर्यकरण, अन्य पार्कहरु निर्माण, वृक्षरोपणले हराभरा भएको होला भन्ने सपना पनि विपनामा रुपान्तरण हुन सकेन । अँझै भएका खुला ठाउँमा पनि प्लटिंग गरिएको दृश्यले अब स्वच्छ र हराभरा वीरगञ्जको परिकल्पना यथार्थमा हेर्ने सपना सपनामै सिमित हुनेमा नगरबासी चिन्तीत देखिन्छन् । पूरानो बस पार्कलाई एउटा सुन्दर पार्क बनाउन सकिन्थ्यो तर यहाँका निर्वाचित मेयर विजयकुमार सरावगीले त्यसलाई कंक्रिटीकरण गरेर गाडी पार्किङ्ग गर्ने ठाउँ बनाइदिए । अब महानगरको मूख्य बजार क्षेत्रमा खुला ठाउँ नै छैन । यात्रा-डेलिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!