२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बिरगंज जस्ताको त्यस्तै ५ बर्ष सम्म परिवर्तनको प्रतिक्षामा नगरबासी अबको मेयर र भोट कस्तोलाई ?

Logo
प्रकाशित बिहिबार, बैशाख १५, २०७९


(ABC=SANCHAR)
पर्सा । स्थानीय सरकारको आगमनपश्चान वीरगञ्ज शहर कायापलट भएको आशा गरेका थिए । तर लामो समयपछि पुनः वीरगञ्ज फर्किदा उनीहरुको आशा निराशामा परिणत भएको छ । मधेश आन्दोलनको रापमा मधेशवादी दलले नै विजयी हाँसिल गरेको वीरगञ्ज महानगरपालिकामा मधेशको विकास र मधेशी समुदायको जिवनस्तरमा सुधार हुनेमा आशाबादी जनता अर्को निर्वाचन नजिकिएसँगै निराश बनेका हुन् ।

जनता निराश हुनु पनि स्वभाविक नै हो, संघीयतापश्चात घरघरमा सिँहदरबारको नारा लगाएसँगै थुप्रै झुठा आश्वासन बाँडेका जनप्रतिनीधिले जितेपछि जनतामा कर लाद्ने र आफ्ना आसेपासेलाई नियुक्ती दिन बाहेकका कुनै काम नगरेपछि सन्तुष्ट हुने कुनै कारण पनि छैन ।

वीरगञ्ज महानगरपालिकाभित्रको कुरा गर्ने हो भने वीरगञ्जमा एसियाली विकास बैंकको अनुदानमा बनेका केही सडकबाहेकका परिवर्तन देखिदैनन् । टोलटोलमा बनेका पीच सडक पनि शहरी विकास कार्यालयले बनाई दिएको हो । सडक बन्दा आउने समस्या समाधानका लागि समेत महानगरपालिकाले कुनै सहयोग नगरेको त्यहाँका कर्मचारी बताउँछन् । विगतदेखि नै खेल्दै आएको नारायणी रंगशाला, आदर्शनगर रंगशाला पनि व्यवस्थित र अत्याधुनिकसहितको भयो होला भन्ने कल्पना पनि कल्पनामै सिमित रह्यो । व्यवस्थित हुनुपर्नेमा दुवै रङ्गशालाको अवस्था उल्टै जीर्ण बन्दै गइरहेको छ ।

घडिअर्वा पोखरीको सौन्दर्यकरण, अन्य पार्कहरु निर्माण, वृक्षरोपणले हराभरा भएको होला भन्ने सपना पनि विपनामा रुपान्तरण हुन सकेन । अँझै भएका खुला ठाउँमा पनि प्लटिंग गरिएको दृश्यले अब स्वच्छ र हराभरा वीरगञ्जको परिकल्पना यथार्थमा हेर्ने सपना सपनामै सिमित हुनेमा नगरबासी चिन्तीत देखिन्छन् । पूरानो बस पार्कलाई एउटा सुन्दर पार्क बनाउन सकिन्थ्यो तर यहाँका निर्वाचित मेयर विजयकुमार सरावगीले त्यसलाई कंक्रिटीकरण गरेर गाडी पार्किङ्ग गर्ने ठाउँ बनाइदिए । अब महानगरको मूख्य बजार क्षेत्रमा खुला ठाउँ नै छैन । यात्रा-डेलिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!