२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

तुलसीपुर उपमहानगरपालिकाको बिद्युत महसुल नबुझाएपछि लाईन काटियो !

Logo
प्रकाशित बिहिबार, बैशाख १५, २०७९


(ABC=SANCHAR)
दाङ । तुलसीपुर स्र्माट सिटीका रुपमा परिचित तुलसीपुर उपमहानगरपालिका विद्युत विहीन भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत महशुल नबुझाएको भन्दै उपमहानगरपालिकाको विद्युत लाईन काटेको छ । एक हप्ता पहिले नै विद्युत महशुल बुझाउँनको लागि तुलसीपुर उपमहानगरपालिकामा पत्राचार गरेको भए पनि त्यसको कुनै प्रतिउत्तर नआएपछि मंगलबार विद्युत काटिएको नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिए ।
अहिले तुलसीपुर उपमहानगरपालिकाको ४ महिनाको विद्युत महशुल बुझाउँन बाँकी छ । जरिमानासहित ४ महिनाको डेढलाख बढी महशुल बुझाउँन बाँकी रहेको प्रमुख फर्सालले बताए । कुनै पनि ग्राहकले रिडिङ गरेको ६० दिनसम्म विद्युत महशुल नबुझाएको खण्डमा बिना जानकारी उक्त ग्राहकको विद्युत काटिने प्राधिकरणको नियम अनुसार आफुहरुले तुलसीपुर उपमहनगरपालिकाको विद्युत लाईन काटेको उनको भनाई छ । उपमहानगरपालिकाले बक्यौता रकम नबुझाएसम्म वा यती दिनमा पैसा बुझाउँछौ भनी सहमती नगरेसम्म लाईन नजोडिने फर्सालको भनाई छ ।
त्यसैगरी उज्यालो तुलसीपुर बनाउनउने उदेश्यले तुलसीपुरमा जोडिएको सड्क बत्तिको समेत उपमहानगरपालिकाले लामो समयसम्म महशुल बुझाएको छैन् । तुलसीपुरमा जडान गरको सडक बत्तिको मात्रै जरिमानासहित ९० लाख भन्दा बढी बक्यौता बुझाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ । यता तुलसीपुर उपमहानगरपालिकाले भने सड्क बत्ती र उपमहानगरपालिकाको विद्युत महशुल बुझाउँनका लागि केही प्रक्रिया पुरा नभएका कारण विद्युत महशुल बुझाउन समस्या भएको जनाएको छ ।
उमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेका अनुसार मेन सडकहरुमा राखिएको सडक बत्तीहरु संघीय सरकार र प्रदेश सरकारले हेर्ने र साना सड्कहरुमा जडान गरिएको बत्ति स्थानीय सरकारको मातहतमा रहेकाले महशुल बुझाउँन समस्या भएको हो । महशुल बुझाउनको लागि कागजी प्रक्रिया बनाई रहेको बेला विद्युत प्राधिकरणले लाईन काटेको भन्दै विद्युत जोड्नको लागि पहल भई रहेको न्यौपानेले बताए । विद्युत लाईन काटिए पछि अहिले उपमहानगरपालिकामा जेनेटरको सहायताले काम भईरहेको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!