२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

काठमाडौं विमान सरसफाइकर्मीहरु २ करोडको सुन पास गराउने प्रयास असफल ५ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख १६, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । नेपालमा विभिन्न तरिका अपनाएर सुन तस्करी हुँदै आएको छ । कतिले मल्द्वारामा राखेर सुन तस्करी गरेका, कतिपयले फल्स बटम बनाइ तस्करी गरेका त कतिले पेटभित्र राखेर सुन तस्करी गरेका घटना यसअघि सार्वजनिक भएकै हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी नै सुन तस्करसँग मिलेमतो गरेका घटना पनि सार्वजनिक भएको थियो । तर यसपाली भने विमान सरसफाइकर्मीसमेत सुन तस्करीमा संलग्न भएको खुलेको छ ।

उनीहरुमार्फत दुई किलो ३३२ ग्राम अवैधरुपमा ल्याइएको सुन भन्सार छलेर बाहिरिन लागेको थियो । त्यसको बजार मूल्य झण्डै रु दुई करोड हुन्छ । उनीहरु मतियारका रुपमा काम गरी विदेशबाट अवैधरुपमा ल्याइएको सुनलाई विमानस्थल कटाउने कार्यमा सरिक भएको पाइएको हो । सरसफाइकर्मी मतियारका रुपमा प्रयोग भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयअनुसार तस्करले विमानको सरसफाइकर्मी प्रयोग गरेर विमानस्थलबाट सुन कटाउने प्रयास गरेका थिए । तर विमानस्थलका प्रहरीले त्यो प्रयासलाई असफल पारी पाँच जना पक्राउ गर्न सफल भएको छ । सोही घटनामा संलग्न रहेको आरोपमा दुई विमान सरसफाइकर्मी र एक सुपरभाइजरसहित पाँच जनालाई बिहीबार पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उक्त सुनकाण्डमा मुछिएका पाँचथरका २८ वर्षीय भीमकुमार माबो, नुवाकोटको तादीका २७ वर्षीय सुमन तामाङ, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखाको गौरीशङ्कर गाउँपालिका–२ घर भएका ट्याक्सी चालक हेमबहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालीमार्फत विमानभित्र सरसफाइ गर्ने÷गराउने भनी सुपरभाइजरका रुपमा खटिएका सप्तरीका ३६ वर्षीय ताराकान्त चौधरीलाई पक्राउ गरिएको ढकालले जानकारी दिनुभयो । उनीहरु सबै सुन पास गर्न खटिएका थिए ।

उक्त सुन विदेशबाटै विमानको शौचालयमा राखेर पठाइएको थियो । उक्त सूचना यहाँका सरसफाइकर्मीमा प्राप्त भएपछि सेटिङ गरेर पास गर्न लागिएको थियो । सोही सिसीलामा भित्रबाट पास गर्न सरसफाइकर्मी परिचालन गरिएको र त्यहाँबाट बाहिर लैजानका लागि अन्य व्यक्ति परिचालन भएका थिए ।
सुन ल्याउनमा को सक्रिय थिए र कसले पठाएको भनेर खुली नसकेकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । बिहीबार दुबईबाट काठमाडौँ आउने क्रममा हिमालय एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिमार्फत सरसफाइ गर्न खटिएका उनीहरु सुन भित्र्याउन परिचालन भएका थिए ।

प्रमुख ढकालका अनुसार माबोले विमानको शौचालयभित्र फोहरसँगै रहेको सुनको बिस्कुट बाहिर फोहर जम्मा गर्ने स्थानमा ल्याउन सघाएका थिए ।

त्यसपछि उनले सँगै काम गर्ने तामाङलाई बोलाई फोहरसँगै रहेको सुनको बिस्कुट बाँडी आआफ्नो ‘मनिपर्स’ भित्र लुकाइ विमानस्थलबाट बाहिरिन लाग्दा प्रहरीले पक्राउ गरेको हो ।

“उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्कन लागेका थिए”, ढकालले भन्नुभयो, “सोही क्रममा उनी र साथमा रहेको सामग्री ‘स्क्रिनिङ’ गर्ने क्रममा माबोले बोकेको पर्सभित्र टेपले बेरिएको अबस्थामा १० थान सुनको बिस्कुट (तौल एक हजार १६६ ग्राम) बरामद गरिएको हो ।”

उहाँका अनुसार उक्त सुनको मूल्य झण्डै ९८ लाख पर्ने जनाइएको छ । यस्तै तामाङले बोकी आएको मनिपर्सभित्र टेपले बेरिएको अवस्थामा पनि सोही तौल बराबरको १० थान सुनको बिस्कुट बरामद गरिएको छ ।

उक्त सुन लुकाइछिपाइ अवैधरुपमा भन्सार छली लैजान लागेका अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उक्त कार्यमा उदयपुरका राई, दोलखाका थापा र विमान सरसफाइका सुपरभाइजर सप्तरीका चौधरीको संलग्नता खुल्न आए पनि उनीहरुलाई पनि पक्राउ गरिएको हो ।

उनीहरुलाई बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!