२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

काठमाडौं विमान सरसफाइकर्मीहरु २ करोडको सुन पास गराउने प्रयास असफल ५ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख १६, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । नेपालमा विभिन्न तरिका अपनाएर सुन तस्करी हुँदै आएको छ । कतिले मल्द्वारामा राखेर सुन तस्करी गरेका, कतिपयले फल्स बटम बनाइ तस्करी गरेका त कतिले पेटभित्र राखेर सुन तस्करी गरेका घटना यसअघि सार्वजनिक भएकै हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी नै सुन तस्करसँग मिलेमतो गरेका घटना पनि सार्वजनिक भएको थियो । तर यसपाली भने विमान सरसफाइकर्मीसमेत सुन तस्करीमा संलग्न भएको खुलेको छ ।

उनीहरुमार्फत दुई किलो ३३२ ग्राम अवैधरुपमा ल्याइएको सुन भन्सार छलेर बाहिरिन लागेको थियो । त्यसको बजार मूल्य झण्डै रु दुई करोड हुन्छ । उनीहरु मतियारका रुपमा काम गरी विदेशबाट अवैधरुपमा ल्याइएको सुनलाई विमानस्थल कटाउने कार्यमा सरिक भएको पाइएको हो । सरसफाइकर्मी मतियारका रुपमा प्रयोग भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयअनुसार तस्करले विमानको सरसफाइकर्मी प्रयोग गरेर विमानस्थलबाट सुन कटाउने प्रयास गरेका थिए । तर विमानस्थलका प्रहरीले त्यो प्रयासलाई असफल पारी पाँच जना पक्राउ गर्न सफल भएको छ । सोही घटनामा संलग्न रहेको आरोपमा दुई विमान सरसफाइकर्मी र एक सुपरभाइजरसहित पाँच जनालाई बिहीबार पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उक्त सुनकाण्डमा मुछिएका पाँचथरका २८ वर्षीय भीमकुमार माबो, नुवाकोटको तादीका २७ वर्षीय सुमन तामाङ, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखाको गौरीशङ्कर गाउँपालिका–२ घर भएका ट्याक्सी चालक हेमबहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालीमार्फत विमानभित्र सरसफाइ गर्ने÷गराउने भनी सुपरभाइजरका रुपमा खटिएका सप्तरीका ३६ वर्षीय ताराकान्त चौधरीलाई पक्राउ गरिएको ढकालले जानकारी दिनुभयो । उनीहरु सबै सुन पास गर्न खटिएका थिए ।

उक्त सुन विदेशबाटै विमानको शौचालयमा राखेर पठाइएको थियो । उक्त सूचना यहाँका सरसफाइकर्मीमा प्राप्त भएपछि सेटिङ गरेर पास गर्न लागिएको थियो । सोही सिसीलामा भित्रबाट पास गर्न सरसफाइकर्मी परिचालन गरिएको र त्यहाँबाट बाहिर लैजानका लागि अन्य व्यक्ति परिचालन भएका थिए ।
सुन ल्याउनमा को सक्रिय थिए र कसले पठाएको भनेर खुली नसकेकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । बिहीबार दुबईबाट काठमाडौँ आउने क्रममा हिमालय एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिमार्फत सरसफाइ गर्न खटिएका उनीहरु सुन भित्र्याउन परिचालन भएका थिए ।

प्रमुख ढकालका अनुसार माबोले विमानको शौचालयभित्र फोहरसँगै रहेको सुनको बिस्कुट बाहिर फोहर जम्मा गर्ने स्थानमा ल्याउन सघाएका थिए ।

त्यसपछि उनले सँगै काम गर्ने तामाङलाई बोलाई फोहरसँगै रहेको सुनको बिस्कुट बाँडी आआफ्नो ‘मनिपर्स’ भित्र लुकाइ विमानस्थलबाट बाहिरिन लाग्दा प्रहरीले पक्राउ गरेको हो ।

“उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्कन लागेका थिए”, ढकालले भन्नुभयो, “सोही क्रममा उनी र साथमा रहेको सामग्री ‘स्क्रिनिङ’ गर्ने क्रममा माबोले बोकेको पर्सभित्र टेपले बेरिएको अबस्थामा १० थान सुनको बिस्कुट (तौल एक हजार १६६ ग्राम) बरामद गरिएको हो ।”

उहाँका अनुसार उक्त सुनको मूल्य झण्डै ९८ लाख पर्ने जनाइएको छ । यस्तै तामाङले बोकी आएको मनिपर्सभित्र टेपले बेरिएको अवस्थामा पनि सोही तौल बराबरको १० थान सुनको बिस्कुट बरामद गरिएको छ ।

उक्त सुन लुकाइछिपाइ अवैधरुपमा भन्सार छली लैजान लागेका अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उक्त कार्यमा उदयपुरका राई, दोलखाका थापा र विमान सरसफाइका सुपरभाइजर सप्तरीका चौधरीको संलग्नता खुल्न आए पनि उनीहरुलाई पनि पक्राउ गरिएको हो ।

उनीहरुलाई बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!