२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

नेपाल प्रहरी र सशस्त्र प्रहरीको आइजिपी नियुक्त गर्ने शनिबार मन्त्रिपरिषद् बैठक बस्दै

Logo
प्रकाशित शुक्रबार, बैशाख १६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा महानिरीक्षक नियुक्त गर्न शनिबार बिहान मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आइतबार बेलुकाबाट नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री तथा सशस्त्र प्रहरी बलका पुष्पराम केसीले अवकाश पाउँदैछन् ।

आइजिपी नियुक्तिमै केन्द्रीत भई शनिबार मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

नेपाल प्रहरीको महानिरीक्षकमा चार एआइजीबीच प्रतिस्पर्धा छ । विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रबिन्द्र धानुकबीच प्रतिस्पर्धा छ । उनीहरुमध्ये पोखरेल र सिंहबीच मुख्य प्रतिस्पर्धा रहेको स्रोत बताउँछ । उनीहरु फरक–फरक समयमा एआइजीमा बढुवा भएपनि एउटै ब्याचका हुन् । पोखरेल अरुभन्दा अघि एआइजी भएकाले त्यसैको आडमा आइजिपी हुने दाउमा छन् भने सिंहले सत्तागठबन्धनलाई विश्वासमा लिएको चर्चा प्रहरीमा छ ।

उता सशस्त्र प्रहरीमा भने राजु अर्याल आइजिपीका एक्ला प्रतिस्पर्धी हु्न । यद्यपी आइजिपी पुष्पराम केसीले आफ्नो पदावधि थप्ने प्रयास गरिरहेका छन् । तर, उनको चलखेल कमजोर भएकाले अर्याल नै महानिरीक्षक हुने सुनिश्चित जस्तै भएको छ।

शनिबारकै बैठकले राष्ट्रिय अनुसन्धान विभागमा एआइजीको एक पद रिक्त हुँदैछ । त्यसमा पनि बढुवा गर्ने सम्भावना छ । जसमा हुतराज थापा, ओम जोशी, हरिहर पौडेल, टेकेन्द्र कार्की, सुमन बैद्य, कुलदिप थापा लगायत प्रतिस्पर्धामा छन् । विभागमा हाल एआइजी हुने नै भदौमा प्रमुख हुने भएकाले तिव्र प्रतिस्पर्धा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!