०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

नेपाल प्रहरी र सशस्त्र प्रहरीको आइजिपी नियुक्त गर्ने शनिबार मन्त्रिपरिषद् बैठक बस्दै

Logo
प्रकाशित शुक्रबार, बैशाख १६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा महानिरीक्षक नियुक्त गर्न शनिबार बिहान मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आइतबार बेलुकाबाट नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री तथा सशस्त्र प्रहरी बलका पुष्पराम केसीले अवकाश पाउँदैछन् ।

आइजिपी नियुक्तिमै केन्द्रीत भई शनिबार मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

नेपाल प्रहरीको महानिरीक्षकमा चार एआइजीबीच प्रतिस्पर्धा छ । विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रबिन्द्र धानुकबीच प्रतिस्पर्धा छ । उनीहरुमध्ये पोखरेल र सिंहबीच मुख्य प्रतिस्पर्धा रहेको स्रोत बताउँछ । उनीहरु फरक–फरक समयमा एआइजीमा बढुवा भएपनि एउटै ब्याचका हुन् । पोखरेल अरुभन्दा अघि एआइजी भएकाले त्यसैको आडमा आइजिपी हुने दाउमा छन् भने सिंहले सत्तागठबन्धनलाई विश्वासमा लिएको चर्चा प्रहरीमा छ ।

उता सशस्त्र प्रहरीमा भने राजु अर्याल आइजिपीका एक्ला प्रतिस्पर्धी हु्न । यद्यपी आइजिपी पुष्पराम केसीले आफ्नो पदावधि थप्ने प्रयास गरिरहेका छन् । तर, उनको चलखेल कमजोर भएकाले अर्याल नै महानिरीक्षक हुने सुनिश्चित जस्तै भएको छ।

शनिबारकै बैठकले राष्ट्रिय अनुसन्धान विभागमा एआइजीको एक पद रिक्त हुँदैछ । त्यसमा पनि बढुवा गर्ने सम्भावना छ । जसमा हुतराज थापा, ओम जोशी, हरिहर पौडेल, टेकेन्द्र कार्की, सुमन बैद्य, कुलदिप थापा लगायत प्रतिस्पर्धामा छन् । विभागमा हाल एआइजी हुने नै भदौमा प्रमुख हुने भएकाले तिव्र प्रतिस्पर्धा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!