२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

चेतनको शव्द/संगीतमा ‘सानुमाया’ लिएर आए गायक कुलराज डिसी

Logo
प्रकाशित शुक्रबार, बैशाख १६, २०७९


तुफानबाबु श्रेष्ठ
वैशाख १६, तुलसीपुर।
सानुमाया हुन्छ भेट चिन्ता नगर
दुई दिनको साथ होईन माया नमार ।
गीत, संगीतका पराखीहरुको लागि अर्को एउटा नविन गीत “सानुमाया” सार्वजनिक भएको छ ।
युवा पुस्ताका प्रिय गायक तथा संगीतकार चेतन राईको शव्द तथा संगीतमा गायक कुलराज डिसीको गीत “सानुमाया हुन्छ भेट चिन्ता नगर, दुई दिनको साथ होईन माया नमार ।” दर्शक-श्रोता माझ आएको छ । गीतलाई सेकाई इन्टर्टेन्टमेन्टबाट सार्वजनिक गरिएको हो ।
कलकलाउँदो उमेरमा नै हो माया सप्रिने साथै सप्रिएको मायालाई सार्थकतामा बदल्ने अनि बाचा-कसम खानु र त्यसलाई नतोड्नु मूल कुरा हाे । कुनै एक जहाँसुकै होस् सच्चा दिलको कुराहरु गर्नेले जहिले पनि जीतको नतिजा निकालेरै छोड्छन् । आशा र भरोसा जीवनका अभिन्न पाटा हुन । यहि आशा र भरोसाको केन्द्रविन्दु बनेको गीत हाे “सानुमाया” ।
लोक लयलाई आधार बनाईएको यो गीत नेपाली लाेक तथा सुगम संगीतको लागि एक बलियो इंटा हो । गायक कुलराज डि.सी.को स्वरको आफ्नोपन र मिठासले शव्द तथा संगीतकार चेतनको चेतनालाई न्याय गरेको छ ।
गीतको भिडियो निर्देशन पनि चेतन राईले नै गरेका हुन् । भिडियोमा कलाकारहरु कुलराज डिसी, प्रनिमा दाहाल र प्रेमीका शर्मालाई देख्न सकिन्छ ।
गीतको उत्पादक सूर्य रुम्वा हुन् । मिक्सिङ तथा मास्टरिङमा सुवाश राई रहेका छन् । क्यामरा तथा सम्पादन फराज अर्पनको रहेको छ भने श्रृंगार दीया रिजालको रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!