२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चेतनको शव्द/संगीतमा ‘सानुमाया’ लिएर आए गायक कुलराज डिसी

Logo
प्रकाशित शुक्रबार, बैशाख १६, २०७९


तुफानबाबु श्रेष्ठ
वैशाख १६, तुलसीपुर।
सानुमाया हुन्छ भेट चिन्ता नगर
दुई दिनको साथ होईन माया नमार ।
गीत, संगीतका पराखीहरुको लागि अर्को एउटा नविन गीत “सानुमाया” सार्वजनिक भएको छ ।
युवा पुस्ताका प्रिय गायक तथा संगीतकार चेतन राईको शव्द तथा संगीतमा गायक कुलराज डिसीको गीत “सानुमाया हुन्छ भेट चिन्ता नगर, दुई दिनको साथ होईन माया नमार ।” दर्शक-श्रोता माझ आएको छ । गीतलाई सेकाई इन्टर्टेन्टमेन्टबाट सार्वजनिक गरिएको हो ।
कलकलाउँदो उमेरमा नै हो माया सप्रिने साथै सप्रिएको मायालाई सार्थकतामा बदल्ने अनि बाचा-कसम खानु र त्यसलाई नतोड्नु मूल कुरा हाे । कुनै एक जहाँसुकै होस् सच्चा दिलको कुराहरु गर्नेले जहिले पनि जीतको नतिजा निकालेरै छोड्छन् । आशा र भरोसा जीवनका अभिन्न पाटा हुन । यहि आशा र भरोसाको केन्द्रविन्दु बनेको गीत हाे “सानुमाया” ।
लोक लयलाई आधार बनाईएको यो गीत नेपाली लाेक तथा सुगम संगीतको लागि एक बलियो इंटा हो । गायक कुलराज डि.सी.को स्वरको आफ्नोपन र मिठासले शव्द तथा संगीतकार चेतनको चेतनालाई न्याय गरेको छ ।
गीतको भिडियो निर्देशन पनि चेतन राईले नै गरेका हुन् । भिडियोमा कलाकारहरु कुलराज डिसी, प्रनिमा दाहाल र प्रेमीका शर्मालाई देख्न सकिन्छ ।
गीतको उत्पादक सूर्य रुम्वा हुन् । मिक्सिङ तथा मास्टरिङमा सुवाश राई रहेका छन् । क्यामरा तथा सम्पादन फराज अर्पनको रहेको छ भने श्रृंगार दीया रिजालको रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]