२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिरगंजको उपमेयरमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले पाइन् गुलाफको चुनाव चिन्ह

Logo
प्रकाशित आइतबार, बैशाख १८, २०७९

(ABC=SANCHAR)
बिरगंज । स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको उपमेयरमा स्वतन्त्र तर्फ उम्मेदवारी दिएकी रम्भा मिश्राए गुलाफ चिन्ह पाएकी छन् ।

मिश्रालाई निर्वाचन अधिकृतको कार्यालयले फुलाफ चुनाव चिह्न दिएको हो ।

नेकपा एमालेसँग चुनावी तालमेल गरेको लोसपाले उपमेयरमा पुरुषोत्तम झालाई उम्मेदवार बनाएपछि मिश्रा पार्टीसँग रुष्ट भएर स्वतन्त्र तर्फ उम्मेदवारी दिएकी थिइन् ।
लोसपाले महिलाको अधिकार खोसेको आरोप लगाउँदै मिश्राले वीरगञ्जमा आन्दोलनसमेत गरिन । उनले स्थानीयहरुको सुझाव अनुसार वीरगञ्ज महानगरको विकास र समुर्द्धिका लागि स्वतन्त्र तर्फ उम्मेदवारी दिएको बताईन ।

गत निर्वाचनमा पनि उपमेयरमा लडेर पराजित भएकी मिश्रले यसपटक पार्टीले पनि टिकट दिने र आफुले जित्ने विश्वास गरेकी थिइन् । तर अन्तिम समयमा आएर पार्टीले अवमूल्यन गरेको मिश्राले आँसु झार्दै बताएकी हुन् ।

पराजय भएर पनि निरन्तर जनताको माझमा रहेकी मिश्राले पार्टीले अवमुल्यन गरेपनि जनताले विश्वास गर्ने दावी गरेकी छिन् ।

उनले थपछिन्, ‘मधेशको पार्टीसँग मेरो माया छ । म अरु पार्टीमा जान पनि सक्दिन । मधेशको लागि लडेको मान्छे म । मधेशको छोरी पनि हुँ । मधेशको सेन्टिमेट पनि जोडिएको छ । पार्टीले धोका दिएको अनुभव गरें । त्यसैले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।