२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

आईजीपी नियुक्तिकाे विषय चर्किएपछि मन्त्रिपरिषद्काे बैठक बसेन किन ?

Logo
प्रकाशित आइतबार, बैशाख १८, २०७९

ABC (क्राईमबिट)
काठमाडाैं । नेपाल प्रहरीको ११ महिने आईजीपी नियुक्ति गर्ने महत्वपूर्ण एजेण्डासहित बस्न लागेकाे मन्त्रिपरिषद्काे बैठक आज(२०७९ वैशाख १६ गते) पाँच बजे साँझ बस्नेगरी तय भएकाे भएतापनि विशेष कारणले स्थगित भएकाे खबर छ ।

प्रमुख एजेण्डा नेपाल प्रहरीकाे आईजीपी नियुक्तिसहित बस्न लागेकाे मन्त्रिपरिषद्काे बैठक जुनियर एआईजीपी धीरज प्रताप सिंहलाई आईजीपी बनाउने तयारीकाे विषयमा कांग्रेसभित्रै विवाद चर्किएपछि आजकाे मन्त्रिपरिषद्काे बैठक स्थगित भएकाे कांग्रेसकाे उच्च स्राेतले बतायाे ।

निर्वाचनकाे मुखमा एआईजीपी विश्वराज पाेखरेलभन्दा १६ महिना जुनियर एआईजीपी धीरज प्रताप सिंहलाई आईजीपी बनाएमा कांग्रेसमाथि आई पर्ने संकटका बारेमा आज २०७९ वैशाख १६ गते दिनभर गृह मन्त्री बालकृष्ण खाणले गंभीर छलफल गरेपछि पुनरविचार गर्नेगरी छलफल गरेर टुंगाेमा पुग्न बालुवाटार सहमत भएकाे स्राेत बताउछ । आईजीपीकाे नियुक्ति सिनियर कि जुनियर विवादले गर्दा एआईजीपी विश्वराज पाेखरेलकाे पक्षमा पासा पल्टिन सक्ने चर्चा सुरू भएकाे छ ।

आज तय भएकाे मन्त्रिपरिषद्काे बैठक सम्भवत: भाेलि २०७९ वैशाख १७ गते शनिवार बस्ने छ । विशेष परिस्थिति बाहेक सार्वजिनक विदाकाे दिन मन्त्रिपरिषद्काे बैठक बस्ने गर्दैन । २०७९ वैशाख १८ गते आइतवार पनि मे दिवसकाे सार्वजिनक विदाकाे दिन परेकाे छ ।

२०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च अधिकारीहरुले तीसवर्षे सेवाहदको कारण २०७९ बैशाख १८ गतेबाट अनिवार्य अवकाश जाँदैछन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहित चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), एघार प्रहरी नायब महानिरीक्षक (डीआईजी) र तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुले ३० वर्षे सेवा पूरा गरेकाले अवकाश पाउने भएका हुन् ।

२०७९ वैशाख १८ गते राति १२ बजेबाट प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरीबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कुमार कार्की र बसन्त कुमार पन्तले अवकाश पाउँदैछन् ।

त्यस्तै प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, शौरभ राणा र राजेन्द्रप्रसाद चौधरी सेवानिवृत्त हुँदैछन् ।

त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रदीपकुमार श्रेष्ठ, वीरेन्द्र बश्याल र नवराज भट्टले समेत तीसवर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउने भएका छन् । उल्लेखित प्रहरीका उच्च अधिकृतहरूकाे औपचारिक कार्यदिन २०७९ वैशाख १६ गते ३ बजेबाट नै सकिएकाे छ ।

२०७९ वैशाख १८ गते विदावारी हुने दिन सार्वजनिक विदा परेकाले उल्लेखित विशिष्ट श्रेणीलगायतका प्रहरीका उच्च अधिकृतहरूकाे औपचारिक कार्य दिन समाप्त भएकाे छ । साघु-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!