२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

आईजीपी नियुक्तिकाे विषय चर्किएपछि मन्त्रिपरिषद्काे बैठक बसेन किन ?

Logo
प्रकाशित आइतबार, बैशाख १८, २०७९

ABC (क्राईमबिट)
काठमाडाैं । नेपाल प्रहरीको ११ महिने आईजीपी नियुक्ति गर्ने महत्वपूर्ण एजेण्डासहित बस्न लागेकाे मन्त्रिपरिषद्काे बैठक आज(२०७९ वैशाख १६ गते) पाँच बजे साँझ बस्नेगरी तय भएकाे भएतापनि विशेष कारणले स्थगित भएकाे खबर छ ।

प्रमुख एजेण्डा नेपाल प्रहरीकाे आईजीपी नियुक्तिसहित बस्न लागेकाे मन्त्रिपरिषद्काे बैठक जुनियर एआईजीपी धीरज प्रताप सिंहलाई आईजीपी बनाउने तयारीकाे विषयमा कांग्रेसभित्रै विवाद चर्किएपछि आजकाे मन्त्रिपरिषद्काे बैठक स्थगित भएकाे कांग्रेसकाे उच्च स्राेतले बतायाे ।

निर्वाचनकाे मुखमा एआईजीपी विश्वराज पाेखरेलभन्दा १६ महिना जुनियर एआईजीपी धीरज प्रताप सिंहलाई आईजीपी बनाएमा कांग्रेसमाथि आई पर्ने संकटका बारेमा आज २०७९ वैशाख १६ गते दिनभर गृह मन्त्री बालकृष्ण खाणले गंभीर छलफल गरेपछि पुनरविचार गर्नेगरी छलफल गरेर टुंगाेमा पुग्न बालुवाटार सहमत भएकाे स्राेत बताउछ । आईजीपीकाे नियुक्ति सिनियर कि जुनियर विवादले गर्दा एआईजीपी विश्वराज पाेखरेलकाे पक्षमा पासा पल्टिन सक्ने चर्चा सुरू भएकाे छ ।

आज तय भएकाे मन्त्रिपरिषद्काे बैठक सम्भवत: भाेलि २०७९ वैशाख १७ गते शनिवार बस्ने छ । विशेष परिस्थिति बाहेक सार्वजिनक विदाकाे दिन मन्त्रिपरिषद्काे बैठक बस्ने गर्दैन । २०७९ वैशाख १८ गते आइतवार पनि मे दिवसकाे सार्वजिनक विदाकाे दिन परेकाे छ ।

२०४९ बैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च अधिकारीहरुले तीसवर्षे सेवाहदको कारण २०७९ बैशाख १८ गतेबाट अनिवार्य अवकाश जाँदैछन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहित चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), एघार प्रहरी नायब महानिरीक्षक (डीआईजी) र तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुले ३० वर्षे सेवा पूरा गरेकाले अवकाश पाउने भएका हुन् ।

२०७९ वैशाख १८ गते राति १२ बजेबाट प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरीबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कुमार कार्की र बसन्त कुमार पन्तले अवकाश पाउँदैछन् ।

त्यस्तै प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, शौरभ राणा र राजेन्द्रप्रसाद चौधरी सेवानिवृत्त हुँदैछन् ।

त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रदीपकुमार श्रेष्ठ, वीरेन्द्र बश्याल र नवराज भट्टले समेत तीसवर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउने भएका छन् । उल्लेखित प्रहरीका उच्च अधिकृतहरूकाे औपचारिक कार्यदिन २०७९ वैशाख १६ गते ३ बजेबाट नै सकिएकाे छ ।

२०७९ वैशाख १८ गते विदावारी हुने दिन सार्वजनिक विदा परेकाले उल्लेखित विशिष्ट श्रेणीलगायतका प्रहरीका उच्च अधिकृतहरूकाे औपचारिक कार्य दिन समाप्त भएकाे छ । साघु-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!