( महेन्द्र सिंह ) बाँके नेपालगन्ज बैशाख ३० गते स्थानिय निर्वाचनको लागी नेपालगन्ज उपमहानगरपालिका वडा नं ०२ वडाध्यक्ष पदका प्रत्याशी प्रदिप श्रेष्ठले घर दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
प्रदिप श्रेष्ठ नेपाली कांग्रेस पार्टीको तर्फबाट उम्मेदवारी दिएका वडाअध्यक्षले चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन।
घरदैलो कार्यक्रममा वडा नं. ०२ का बागेश्वोरि टोल ,घरवारिटोल , वाल्मीकि टोल , मानिहार टोल , न्यूरोड , बिकाश नगर ,सुर्खेत रोड,गुरुद्वरा ,दैलेखि बङ्गला, लगायतका टोल घर दैलो अभियान लाई तिब्रता दिएको जानकारी गराईएको छ । निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ नेपाली कांग्रेस पार्टी लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।