११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

नेपाल सरकारले काबिल आईजीपी छनोट गरेको छ– गृहसचिव

Logo
प्रकाशित सोमबार, बैशाख १९, २०७९

गृहसचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंह कार्यशुलता र कार्यक्षमतामा अरुभन्दा अब्बल भएकाले उनलाई सरकारले महानिरीक्षकमा नियुक्त गरेको बताएका छन् । सोमबार बिहान गृह मन्त्रालयमा आयोजित दज्र्यान्ही चिन्ह सुशोभन कार्यक्रममा बोल्दै उनले चार जनाभन्दा सबैभन्दा कुशल सिंह भएकाले त्यहीअनुसार निर्णय गरिएको बताएका हुन् ।भएका चार एआइजीमध्ये उहाँको कार्यकुशलता र कार्यक्षमता सरकारले कम्पेरेटिभ्ली राम्रो लाग्यो,’ उनले भने,‘नेतृत्व गर्न सक्ने क्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमतामा उहाँ कुशल हुनुहुन्छ । संगठनको अभिभावकिय क्षमता देखेर नै उहाँलाई सरकारले यो जिम्मेवारी दिएको हो ।’
बढुवामा ज्येष्ठता मिचेको भनेर मिडियाबाजी भएको विषयमा पनि उनले प्रष्टिकरण थिए । बढुवाको प्रतिस्पर्धामा रहेका चारै जना एआइजी एकै दिन भर्ना भएकाले सबैको ज्येष्ठता समान भएको बताए ।
उनले दुवै महानिरीक्षकलाई शुभकामना दिदै शान्ति सुरक्षालाई बलियो बनाउने गरी काम गर्न भनेका छन् ।
आफु स्वधर्ममा बसे, संगठनमा स्वधर्म हुने र देशमै स्वधर्म कायम गर्न सक्ने भएकाले त्यहीअनुसार काम गर्नुपर्ने उनको भनाई थियो । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

काठमाडौं । स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्थाबाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन्। यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए। देशभरमा ६ […]

काठमाडौँ । यस वर्ष साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि काठमाडौँको पशुपतिनाथ लगायत देशभरका विभिन्न शिवालयहरूमा पूजाआराधना गर्ने भक्तजनको ठूलो घुइँचो लागेको छ। साउने झरीको प्रवाह नगरी श्रद्धालुहरू बिहानैदेखि शिव मन्दिरमा दर्शनका लागि पुगेका छन्। दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरेको छ। साउन […]

error: Content is protected !!