२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

नेपाल सरकारले काबिल आईजीपी छनोट गरेको छ– गृहसचिव

Logo
प्रकाशित सोमबार, बैशाख १९, २०७९

गृहसचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंह कार्यशुलता र कार्यक्षमतामा अरुभन्दा अब्बल भएकाले उनलाई सरकारले महानिरीक्षकमा नियुक्त गरेको बताएका छन् । सोमबार बिहान गृह मन्त्रालयमा आयोजित दज्र्यान्ही चिन्ह सुशोभन कार्यक्रममा बोल्दै उनले चार जनाभन्दा सबैभन्दा कुशल सिंह भएकाले त्यहीअनुसार निर्णय गरिएको बताएका हुन् ।भएका चार एआइजीमध्ये उहाँको कार्यकुशलता र कार्यक्षमता सरकारले कम्पेरेटिभ्ली राम्रो लाग्यो,’ उनले भने,‘नेतृत्व गर्न सक्ने क्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमतामा उहाँ कुशल हुनुहुन्छ । संगठनको अभिभावकिय क्षमता देखेर नै उहाँलाई सरकारले यो जिम्मेवारी दिएको हो ।’
बढुवामा ज्येष्ठता मिचेको भनेर मिडियाबाजी भएको विषयमा पनि उनले प्रष्टिकरण थिए । बढुवाको प्रतिस्पर्धामा रहेका चारै जना एआइजी एकै दिन भर्ना भएकाले सबैको ज्येष्ठता समान भएको बताए ।
उनले दुवै महानिरीक्षकलाई शुभकामना दिदै शान्ति सुरक्षालाई बलियो बनाउने गरी काम गर्न भनेका छन् ।
आफु स्वधर्ममा बसे, संगठनमा स्वधर्म हुने र देशमै स्वधर्म कायम गर्न सक्ने भएकाले त्यहीअनुसार काम गर्नुपर्ने उनको भनाई थियो । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!